४०७ जनालाई आश्रय
![४०७ जनालाई आश्रय](https://annapurnapost.prixacdn.net/media/albums/CHILDREN-IN-MAMAGHAR-MAKAWANPUR_20190215064328_GYe0vYyKJm.jpg)
हेटौंडा : मकवानपुरका १६ आश्रम तथा बालगृहमा ४ सय ७ जना आश्रित छन् । जिससको तथ्यांकअनुसार ११ आवासीय बालगृहमा २ सय ४८ बालबालिका छन् । १ सय २८ बालक र १ सय २० बालिका रहेको समितिका वरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । सबैभन्दा बढी आशिषमय बालगृह हेटौंडा–९ मा ३७ जना । बालगृहमा अझै ६८ जना राख्ने क्षमता रहेको थापाले सुनाए ।
पाँच आ श्रममा १ सय ५९ सहयोगापेक्षी मानव रहेको मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीले बताए । मानवसेवा आ श्रमममा सबैभन्दा बढी १ सय जना आश्रित छन् । अझै १ सय ८० जना राख्ने क्षमता रहेको समितिले जनाएको छ।
मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गर्ने तयारी छ। यही फागुन ४ गते घोषणा गर्ने तयारी रहेको जिसस प्रमुख रघुनाथ खुलालले बताए । भने, ‘अब मकवानपुरमा कोही पनि बेवारिसे भएर सडकमा रात कटाउनुपर्ने छैन ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)