प्रदेश ५ र बुटवल उपमहानगरपालिकाको संयुक्त स्थापना दिवस (फोटोसहित)

प्रदेश ५ र बुटवल उपमहानगरपालिकाको संयुक्त स्थापना दिवस (फोटोसहित)

बुटवल : पाँच नम्बर प्रदेश सरकारले पहिलो स्थापना दिवस भव्य रुपमा मनाएको छ। फागुन ३ गते मुख्यमन्त्री शंकर पोखरेलले कार्यभार सम्हालेको दिनलाई स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार पहिलो स्थापना दिवस मनाइएको हो।

स्थापना दिवसको दिन प्रदेशमा सार्वजनिक विदा दिइएको छ। आज बिहान बुटवल बहुमुखी क्याम्पसबाट प्रभातफेरि निकाल्दै बुटवल मण्डपमा स्थापना दिवसको मुल समरोह आयोजना गरिएको छ। समारोहको प्रदेश प्रमुख उमाकान्त झाले उद्घाटन गरे।

प्रदेशको पहिलो र बुटवल उपमहानगरपालिकाको ६० औं स्थापना दिवसलाई संयुक्त रुपमा मनाइएको हो। दिवसमा  सांस्कृति झाकी प्रदर्शन गरेका थिए। प्रदेश सरकारले स्थापना दिवसको अवसरमा एक वर्षमा गरेको कार्यप्रगति विवरण पनि सार्वजनिक गरेको छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले संविधानमा संयुक्त अधिकारका रुपमा रहेका विषयमा संघीय सरकारले कानुन निर्माण नगर्दा प्रदेशले समयमा काम गर्न नसकेको गुनासो पोखे। उनले पहिलो वर्ष उपलब्धीपूर्ण भएको भन्दै चालु वर्षलाई कानुन निर्माण र योजना निर्माणको वर्षका रुपमा लिइएको बताए।

स्थापना दिवसको अवसरमा प्रदेश प्रमुख उमाकान्त झाले आज साँझ शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन्। स्थापना दिवसका अवसरमा बुधबार राजमार्ग सफाई अभियान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.