शिवपुरी धामको विकासका लागि महायज्ञ

शिवपुरी धामको विकासका लागि महायज्ञ

धनगढी : धनगढी उपमहानगरपालिका-४ मा रहेको धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा महायज्ञ सुरु भएको छ। धामको विकासका लागि बिहीबारबाट प्राणप्रतिष्ठान महोत्सव तथा हिन्दु महासम्मेलन विराट महायज्ञ सुरु भएको हो। महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। उनले धामको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

'शिवपुरी धाम प्रदेशको महत्वपूर्ण पर्यटकीय धार्मिकस्थल हो,' उनले भने, 'यसको विकासका लागि प्रदेशका सम्पूर्ण निकायको उत्तिकै योग्दान आवश्यक पर्दछ।' चालू वर्षको बजेटमा प्रदेश सरकारको तर्फबाट एक करोड रुपैयाँ छुट्याएको मुख्यमन्त्री भट्टले जानकारी दिए।

फागनु १३ गते सम्म सञ्चालन हुने महायज्ञमा पुराणा वाचन गरिने छ।धामका विभिन्न संरचाना निर्माणका लागि महायज्ञ सञ्चालन गरेको शिवपुरी उत्तर रामेश्वरम् ज्योतिर्लिङ्ग धाम समितिका कोषाध्यक्ष कर्णबहादुर जप्रेलले जानकारी दिए। वरिपरि जंगलले ढाकिएको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा १ सय ८ फिट अग्लो शिवलिङ्ग स्थापना गरिएको छ। यसलाई दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिङ्ग भन्ने गरिन्छ।

पवित्र धार्मिकस्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ धाममामा नेपाल माताको मूर्ति लगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहरहरु पनि छन्। एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक आस्थाको धरोहरको रुपमा शिवपुरी धामलाई लिइन्छ।

धाममा प्रखर पुराणवाचक पण्डित सत्यराज अवस्थीबाट संगीतमय भागवत प्रवचन गरिने छ भने विवाह, ब्रतबन्ध, ८४ पूजा लगायतका धार्मिक कार्यहरु पनि हुने आयोजकले जनाएको छ। धाममा संरचना निर्माण कार्य जारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.