सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत

सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन्।  

शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता महतले एक वर्षमा सरकारले जनतालाई पूरै निराश बनाएको आरोप लगाएका हुन्।  ‘सरकार कुनै पनि मोर्चामा सफल भएको छैन्’, उनले भने, ‘एक वर्षको समीक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा देखिएको छ।’ 

नेता महतले हरेक दृष्टिमा सरकार उल्टो दिशामा दौडिएकाले कांग्रेसले खबरदारी गर्नु परेको बताए।  ‘सरकार उल्टो बाटोमा हिँडेकोले नै हामी खबरदारी गर्न बाध्य भएका छौं’, उनले भने, ‘अहिले निष्कर्षमा भन्नुपर्दा प्रधानमन्त्रीले जतिनै तोडमोड गरेर एक वर्षको कामको फेहरिस्त प्रस्तुत गरे पनि यथार्थमा आम जनता निराश छन्।’

उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए।  ‘सुशासनको त कुरै नगरौं।  सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो।  चिनीकाण्ड त्यस्तै।  वाइडबडीकाण्ड अब अख्तियारले हेर्ने भनिएको छ’, उनले भने, ‘यी सबै विषयलाई हामी सूक्षम रुपमा हेरिरहेका छौँ ।’ 
महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भीर आरोप उनको छ।  ‘समृद्धि त अहिले सत्तामा बस्नेका लागि मात्रै आएको होला’, उनले भने, ‘जनताले अहिलेसम्म समृद्धिको कुनै अनभूती गर्न पाएका छैनन्।’

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार असफल भएको उनको आरोप छ। ‘काठमाडौंमा बिम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो।  हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ’, उनले भने।  

डा. महतले भेनेजुएला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीका विषयमा समेत टिप्पणी गरे। ‘भेनेजुएलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ? भेनेजुएलामा लाखौं गुणा मूल्यवृद्धि छ।  लाखौं मान्छे देश छोडेर भागेका छन्।  अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो?’ प्रश्न गर्दै महतले भने, ‘देश चलाउने भनेको पार्टी चलाए जस्तो होइन्।  देशको फाइदा हेर्ने हो।  राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर अघि बढ्ने हो।  अहिले हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित अनुकुल छैन् ।’ 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.