युद्धको पीडा भुलेर क्रिकेटतिर कसरी मोडियो रुवान्डा ?

युद्धको पीडा भुलेर क्रिकेटतिर कसरी मोडियो रुवान्डा ?

काठमाडौँ : सन् १९९४ मा रुवान्डा जुन अवस्थाबाट गुज्रियो, त्यो भयावह अवस्थालाई विश्व इतिहासले सायदै बिर्सेला। तुत्सी र हुतु समुदायबीको नरसंहारले रुवान्डालाई तहसनहस र छियाछिया बनाइदियो।  

सन् १९९० देखि सुरु भएको गृहयुद्धले सन् १९९४ को सय दिनसम्म डरलाग्दो रुप लियो । सय दिन चलेको नरसंहारमा  ८० हजारभन्द धेरै मानिसले ज्यान गुमाए। सयौँ परिवारका घरबार उजाडिए। कयौँ मानिसले  देश छोडेर विदेशमा शरण लिन बाध्य हुनुपर्‍यो। त्यो घटनालाई सम्झिएर अहिले पनि मौन र स्तब्ध हुन्छ रुवान्डा।

रुवान्डाका तुत्सी र हुतु समुदायका मानिसहरूले एकअर्कामाथि आफ्नो हक जमाउने संघर्ष वर्षौँसम्म गरिरहे। तर, सन् १९९४ मा भएको यो संघर्षले नरसंहारको भयंकर रुप लिन पुग्यो। नरसंहारअघि रुवान्डाका राष्ट्रपति हेबिअरिमाना र बुरुन्डियानका राष्ट्रपति सिप्रेनको हत्या गरियो। त्यो बेला हुतु समुदायको सरकार र यो सामुदायलाई लग्यो राष्ट्रपतिको हत्या तुत्सी समुदायका मनिसले गरे। र, सुरु भयो भयानक र इतिहासले बिर्सनै नसक्ने नरसंहार।

हुतु सामुदायको पकड रहेको सरकारले सेनाको सहयोगमा तुत्सी समुदायका मानिसहरूलाई भटाभट मार्न सुरु गर्‍यो। तुत्सी समुदायका मानिस जहाँ देखिन्छन्, त्यहीँ मारिदिने आदेश देशभर दिइएको थियो। यो नरसंहारमा ८० हजारभन्दा बढी तुत्सी समुदायका मानिसको एक चिहान बनाइयो ।

शान्तिदूत क्रिकेट

यो त थियो सन् १९९४ को कहाली लाग्दो नरसंहारको घटना । तर अहिले त्यहाँको अवस्था फेरिएको छ। त्यो भयानक नरसंहारबाट गुज्रिएका रुवान्डाबासी दुवै समुदाय अहिले एक-अर्कासँग नजिकिन थलेका छन्। भयंकर हिंसाबाट गुज्रिएका उनीहरु शान्ति र मेलमिलापको खोजीमा एक-अर्कालाई विश्वास गर्ने अवस्थामा पुगेका छन् ।  तुत्सी र हुतु  समुदायलाई झन् नजिक ल्यउने काम अहिले क्रिकेटले गरिरहेको छ। भनिन्छ-रुवान्डामा शान्ति दूतको काम गरिरहेको छ क्रिकेटले ।

मानव सभ्यतालाई नै स्तब्ध बनाउने गरी सन् १९९४ मा भएको भयंकर नरसंहारपछि सुरु भयो रुवान्डामा क्रिकेटको यात्रा । सन् १९९५ मा दुवै समुदायको सङ्घर्षकै बेला केही मानिस देश छोडेर छिमेकी देशमा बसेका थिए। नरसंहारपछि उनीहरूमध्ये केही स्वदेश पनि फर्किए । छिमेकी देशमा गएर बसेकाहरुले त्यहीँ शरणार्थी भएर बस्दा बस्दै क्रिकेट हेरे अनि आफूले पनि सिके । नरसंहारपछि शान्तिको आशमा देश फिरेका उनीरुले क्रिकेटको माध्यमबाट दुवै समुदयलाई जोड्ने प्रयास थाले । क्रिकेटबाट नै एकताको भवना पैदा गर्न चाहान्थे उनीहरु।

चार्ल्स हबाको देन

रुवान्डामा क्रिकेटको  सुरुवात गरेको जस चार्ल्स हबालाई जान्छ। नरसंहारकै क्रममा चार्ल्स आफ्नो मुलुक रुवान्डा छोडेर युगान्डामा बसिरहेका थिए। नरसंहारमा ८० हजारले ज्यान गुमाएर मुलुक केही शान्त भएपछि चार्ल्स हबा क्रिकेटको ज्ञानसहित स्वदेश फिर्त भए ।

देश फर्किएपछि उनले क्रिकेटलाई बढावा दिन थाले। उनै हबाले भित्र्याएको क्रिकेट अहिले रुवान्डाको लोकप्रिय खेल भएको छ । यहाँ अहिले ६ हजार  भन्दा धेरै  क्रिकेट खेलाडी छन्। कयौं खेलडी आफ्नो अतित बिर्सेर अगाडि बढ्ने कोशिश गर्दैछन्। रुवान्डाको राष्ट्रिय टिममा अहिले दुवै समुदायका खेलाडी क्रिकेटमा रमाइरहेका छन्।

थिएन क्रिकेट स्टेडियम

युगान्डाबाट स्वदेश फर्किएका हबाले क्रिकेटको सीप त लगे तर देशमा एउटा स्टेडियम थिए । नरसंहारले सबै तहसनहस भएको थियो । रुवान्डाको राजधानी किगालीमा एउटा क्रिकेट स्टेडियम त थियो तर यसमा आवश्यक कुनै पनि सुविधा नै थिए ।

अनि सुरु भयो चन्दा अभियान

नरसंहारका क्रममा देश छाडेकाहरुले क्रिकेटको ज्ञान त लगे तर स्टेडियम नै नभएपछि खेल्नलाई समस्या भयो । त्यसपछि यहाँ सुरु भयो स्टेडियम निर्माणका लागि चन्दा अभियान । विश्वस्तरीय स्टेडियम बनाउन यहाँ 'रुवान्डा क्रिकेट स्टेडियम फाउन्डेशन' गठन गरियो। जसले स्टेडियम निर्माणका लागि विश्वभरबाट चन्दा संकलन गर्‍यो। प्रख्यात क्रिकेटर ब्रायन लारा र इङ्गल्यन्डका प्रधानमन्त्री डेभिड क्यामरून लगायतले स्टेडियम निर्माणमा सहयोगी भूमिका खेले।

अन्तत: सन् २०१७ मा आइपुगेर रुवान्डाबासीको क्रिकेट स्टेडियमको सपना पुरा भयो ।  रुवन्डाबासीले चन्दा उठाएरै विश्वस्तरीय क्रिकेट स्टेडियम निर्माण गर्न सफल भए । जसको नाम हो गहंगा क्रिकेट स्टेडियम। जुन 'द लर्डस् अफ इस्ट अफ्रिका' नामले विश्वभर परिचित छ। क्रिकेट स्टेडियम फाउन्डेशन'ले विश्वभरबाट करिब एक मिलियन पाउण्ड ( १४ करोड रुपैयाँ) आर्थिक सहायता जुटाइ यसलाई बनाएको हो ।

देशकै पहिलो यस क्रिकेट स्टेडियमले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट मान्यता प्राप्त गरिसकेको छ। यस स्टेडियममा आइसीसीले तय गरेका आवश्यक न्यूनतम् पूर्वाधारहरु रहेका छन् । एजेन्सी र विभिन्न अनलाइनको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.