विद्यालयमै दालभात पाएपछि विद्यार्थी दंग

विद्यालयमै दालभात पाएपछि विद्यार्थी दंग

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका-११ सिमस्थित शिवशक्ति नागार्जुन आधारभूत विद्यालयकी कक्षा ३ की छात्रा दीपा पन्त नियमितरुपमा विद्यालय जान्छिन्। विद्यालयमा दालभात पाइन थालेपछि उनी कहिले कक्षा छोडेर घर जाँदिनन्। उनलाई विद्यालयमा पाकेको दालभात निकै मिठो लाग्छ। भन्छिन्, 'विद्यालयमै दालभात,साग पाइन्छ। सर म्याडमले राम्रोसँग पढाउँहुन्छ। भोक लागेको बेला खाना पनि पाइन्छ।त्यसैले स्कुलमा राम्रो लाग्छ।'

जिल्लाको मेलौली नगरपालिका-७ लक्ष्मीपुर आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सुनिता रावत पनि हिजोआज विद्यालय जान निकै खुसी हुन्छिन्। विद्यालयमै दालभात खुवाउन थालेपछि रावतलाई विद्यालय निकै रमाइलो लाग्ने गरेको हो। उनले दिउँसोको समयमा भोक लाग्दा दालभात खान पाइने भएपछि स्कुल छोड्न मन लाग्दैन।'

जिल्लाका २५२ ओटा आधारभूत विद्यालयमा विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत दालभात खुवाइने गरेको शिक्षाका लागि खाद्य कार्यक्रमका इकाइ प्रमुख ऋषिराम बिमलीले बताए। उनले भने, 'सरकारले विश्व खाद्य कार्यक्रमको सहयोगमा आधारभूत विद्यालयमा दिवाखाजा कार्यक्रमको व्यवस्था गरेको छ। दिवाखाजा कार्यक्रम २०५६ सालमा सुरु भएको भएपनि खाजाको रुपमा गत वर्षदेखि मात्र दालभात खुवाइन थालिएको हो।'

विद्यालयमा दिवाखाजाको रुपमा दालभात दिन थालिएपछि विद्यार्थीको उपस्थिती ९५ प्रतिशत भन्दा बढी भएको शिवशक्ति नागार्जुन आधारभूत विद्यालयका प्रधानाध्यापक दीपकराज पन्तले बताए। उनले विद्यालयमा दालभात खुवाइन थालेपछि विद्यालय छोडेर बालबालिका कतै जाँदैनन्।विद्यालयको छुट्टी भएपछि मात्रै विद्यार्थीहरु घर जान्छन्।

उनका अनुसार विद्यालयमा ३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा ६१ जना विद्यार्थी छन्। पहिलाको तुलनामा विद्यार्थीको नियमितता बढेको छ। विद्यालयमा दालभात खुवाउन थालेपछि सिकाइ उपलब्धिमा समेत वृद्धि भएको विद्यालयका प्रधानाध्यापक पन्तले बताए। २०७० देखि विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भएको हो। गत वर्षदेखि दिवाखाजाको रुपमा दालभात दिने गरिएको पन्तले बताए।

०७१ मा विद्यालयको सिकाइ उपलब्धि ५६ प्रतिशत रहेकोमा गत शैक्षिक सत्रमा ६९ प्रतिशत पुगेको छ।विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि स-साना नानीहरु पनि विद्यालयमै रमाउने गरेका छन्। 'विद्यालयमा दिवा खाजा कार्यक्रम नहुँदासम्म इन्टरभलमै केटाकेटीहरु घर आउँथे। विद्यालयमै दालभात पाइन थालेपछि विद्यालयको छुट्टी भएपछि मात्रै घर आउने गरेका छन्,'अभिभावक अनिता पन्तले भनिन्।

उनका अनुसार विद्यालयमा दालभातको व्यवस्था भएपछि बालबालिका विद्यालय जान हौसिएका छन्। 'पहिला पहिला साना नानीहरुलाई स्कुल पठाउन धौ हुन्थ्यो,उनले भनिन्।

विद्यालयमै दालभात खुवाउन थालेपछि बालबालिकालाई विद्यालय पठाउन सहज भएको मेलौली ७ की  पानकी ओझाले बताइन्। उनले हाम्रा बालबालिका पहिला विद्यालय जान हिच्किचाउने तर अचेल विद्यालयमै दालभात पाइन थालेपछि खुसी भएर जाने गरेको बताइन्।

बिचमै छोड्ने विद्यार्थीको संख्यामा कमी आएको छ। ०१७ मा बैतडीका विद्यालयमा २० वटा दिवा खाजा कार्यक्रम सञ्चालन भएको थियो।दिवाखाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा विद्यार्थीको भर्नादर, विद्यार्थीको नियमितता, सिकाइ उपलब्धि लगायतका कुरामा वृद्धि भएको पाइएको छ।

विद्यालय खाजा कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पोषणयुक्त चामल र दाल दिने गरिएको विश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक विनोददेव भट्टले बताए। उनले हामीले २५२ वटै विद्यालयमा प्रदान गरिने चामल र दाल पोषणयुक्त भएको प्रमाणित गरेर मात्रै विद्यालयमा दिने गरेका छौं। यसले गर्दा विद्यार्थीको पोषणस्थितीमा सुधार आएको छ।'

२० विद्यालयमा टीपी धारा 
विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका २० विद्यालयमा टीपी धारा पनि निर्माण गरिएको छ। पानीको अभाव रहेका विद्यालयमा टीपी धारा निर्माण गरिएको आइडीएसका सरसफाई अधिकृत सुरेन्द्र जैरुले बताए। उनले खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा विद्यार्थीलाई खाजासँगै पानीको अभाव हुन नदिन धारा निर्माण गरिएको बताए।

विद्यालयमा साबुनपानीले हात धुने बानी परेका विद्यार्थी घरमा समेत अभिभावकलाई सचेत गराउँदै आएका छन्।'हामीले कुनै बेला साबुन पानीले हात धुन बिर्से पनि आजभोली छोराछोरीले सम्झाउने गरेका छन्। हाम्रो विद्यालयमा हात धुनका लागि साबुनपानीको व्यवस्था गरिएको छ भन्छन्, 'दशरथचन्द नगरपालिका-११ की दीपा पन्तले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.