अपहरणमा परेको भन्दै आमासँग १५ लाख फिरौती मागेपछि..

अपहरणमा परेको भन्दै आमासँग १५ लाख फिरौती मागेपछि..

जनकपुरधाम : अपहरणमा परेको नाकट गरेर आफ्नै आमासँग फिरौती माग्ने २२ वर्षीय युवक साथीसहित प्रहरी फन्दामा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका अजयकुमार साह उनका साथी वडा नम्बर–२३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका–८ का अरविन्द यादवसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार अजयले आफ्ना साथीबाट अपहरणमा परेको नाटक गर्दै आमासँगै फिरौती माग्न अह्राएका थिए । अजयका साथी अरविन्दले उनलाई अपहरण गरेको भन्दै आमा रेखा कुमारीलाई फोन गरेर फिरौती मागेका थिए । एक सातअघि छोरो अपहरणमा परेको भन्दै रेखाले भने प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

प्रहरीले उनको खोजी गरिरहँदा पनि यसबीचमा अरविन्दले रेखालाई बारम्बार फोन गरेर १५ लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिएका थिए । अन्त्यमा ५ लाख फिरौती दिने फोनबाटै सहमति भएपछि रेखासँग फिरौती लिन समसाद नदाफ जनकपुर आएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको वयानको आधारमा अपहरणमा संलग्न समसादका साथी अरविन्दलाई महोत्तरीको बर्दिबासबाट प्रहरीले पक्राउ गरेको थियो । अजयलाई भने जनकपुरस्थित जनकचाेकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तीनजनालाई एकै ठाउँमा राखेर प्रहरीले सोधपुछ गर्दा रेखाका छोरा अजय नै अपहरणको नाटक रच्ने योजनाकार रहेको प्रहरीले जनाएको छ । अजय, अरविन्द र समसाद तीनैजना साथी भएको पनि खुलेको छ । मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने र भव्य पार्टी गर्ने उनीहरुले योजना बनाएर यस्तो प्रपन्च रचेको बुझिएको छ ।अपहरणको नाटक गरेर दुःख दिएको आरोपमा उनीहरुमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.