दोस्रो हाफको १७ मिनेटमै नेपालले खायो दुई गोल : म्यानमार- ३ नेपाल- १
काठमाडौं : भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबलको फाइनलमा नेपाल र म्यानमारको खेल जारी छ। पहिलो हाफमा नेपाल र म्यानमारले एकएक गोल बराबरी खेले पनि दोस्रो हाफमा नेपाल निरिह बनेको छ। दोस्रो हाफमा नेपालले १७ मिनेटमा दुई गोल खाएको हो।
चार टोली सहभागी गोल्डकपमा नेपालले लिग चरणको उपविजेताका रूपमा फाइनलमा स्थान बनाएको हो।
तीन खेलमा नेपालले दुई जित र एक हार आत्मसात् गरेको थियो। म्यानमार सबै खेल जितेर समूह विजेता बन्दै फाइनलमा पुगेको हो। लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले बलियो टोली इरानलाई ३-० गोलले हराएको थियो। अर्को खेलमा म्यानमारले आयोजक भारतलाई २-० गोलले हराएपछि नेपालको फाइनल यात्रा सम्भव भएको थियो। पहिलो खेलमा नेपाल म्यानमारसँग ३-० गोलले पराजित भएको थियो।
फाइनलमा नेपाललाई म्यानमारसँग लिग चरणमा भोगेको हारको बदला लिने सोचमाथि दोस्रो हाफका दुई गोल धराप बनेका छन्। नेपालले दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोलले पराजित गरेको थियो। सिनियर महिला टोलीले भारतलाई हराएको यो नै पहिलोपटक हो।