‘दुईतिहाइ बहुमतको सरकारलाई शून्य अंक मात्रै !’

‘दुईतिहाइ बहुमतको सरकारलाई शून्य अंक मात्रै !’

काठमाडौँ : नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शून्य अंक दिने बताएका छन् । 

शुक्रबार रिर्पोटर्स क्लबमा बोल्दै उनले भने, ‘यो सरकार दुईतिहाइको हो, तर यो परम्रागत ढंगमै चल्यो । यसले कम्युनिष्ट चरित्रअनुसार काम गर्नै सकेन । त्यसैले शून्य अंक पाउनुपर्ने हो ।’

महासचिव मैनालीले सरकारले राम्रो योजनाअनुसार काम गर्न नसकेको पनि आरोप लगाए । ‘यो सरकार पनि विगतकैजस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ’, उनले भने, ‘उत्पादनमा ह्रास भएको छ । भ्रष्टाचारहरु छरिएका छन् । अहिले भ्रष्टाचारको इपिकसेन्टर स्थानीय निकायमा सरेको छ ।’

मुलुकमा सुशासन पनि नभएको उनले आरोप लगाए । उनले भने, ‘सरकार अहंकारी र दम्भी बनेको छ । सञ्चार जगतमा नियन्त्रण जमाउने र मुख थुन्ने काम भएको छ ।’ मैनालीले सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कडा आलोचना गरे । 

सरकारले विकासको नााममा वातावरणीय पर्यावरणको विनाश गर्ने काम गरेको पनि उनको टिप्पणी थियो। उनले भने, ‘विकासमा विनाश हुन्छ, तर कम क्षतिमा हुनुपर्दछ । अहिले त्यस्तो भएको छैन् । विकासको नाममा प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको छ ।’

मैनालीले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू रहेको बताए । यद्यपि यसको निर्माणसँगै ‘बायोलोजिकल डाईभर्सिटी’लाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

सरकार दलाल पुँजीपतीहरुको पक्षमा रहेको पनि उनले आरोप लगाए । ‘भन्नलाई यसले समाजवादउन्मुख भने पनि यसले व्यवहारमा त्यो चरित्र छोडिसक्यो’, मैनालीले भने, ‘राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ल्याउँदापनि सरकारले प्राईभेटहरुलाई प्रोत्साह गर्ने गरि ल्याएको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.