नेता पोखरेल भन्छन् : केपी ओली सरकारले 'डिस्टिङ्कसन' ल्यायो

नेता पोखरेल भन्छन् : केपी ओली सरकारले 'डिस्टिङ्कसन' ल्यायो

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले केपी ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकाल अभूतपूर्व सफल भएको दाबी गरेका छन् । 

यो सरकारको आफूले मूल्याङ्कन गर्दा ‘डिस्टिङ्कसन’ दिने बताए । ‘सरकार अलोकप्रिय भएको भए अरु दलको समर्थन यतिबेलासम्म फिर्ता भइसक्थ्यो’, उनले भने, ‘अहिलेसम्म समर्थन जारी छ । त्यसैले सरकार अहिले पनि सही ट्रयाकमा छ ।’

पोखरेलले वर्तमान सरकार घोषित उद्धेश्यअनुसार नै अघि बढिरहेको पनि बताए । ‘कांग्रेसले बजेट ल्याउँदा समर्थन गरेकै हो । बजेट सर्वसम्मत पारित भएको हो’, उनले भने, ‘सरकार प्रमुख प्रतिपक्षी दललाईसमेत विश्वासमा लिएर अघि बढिरहेको छ ।’ 

सुन तस्करीदेखि अन्य तस्करलाई समेत सरकारले नियन्त्रणमा लिएर कानुनी कारबाही गरेको उनले बताए । उनले भने,‘कतिपयलाई त जेल हालेको छ । तस्करी नियन्त्रण गर्न सरकारले काम गरेको छ ।’

उनले अरुले आरोप लगाएजस्तो मुल्यवृद्धि धेरै नरहेको पनि टिप्पणी गरे । उनले भने, ‘मुल्यवृद्धि पनि ट्रयाकमा छ ।’ यही सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको पनि उनले सुनाए । उनले भने, ‘प्रधानमन्त्री रोजगारका कार्यक्रम पनि अघि बढाएको छ ।’ मजदुरहरुको ज्याला पनि ३९ प्रतिशत वृद्धि गरेको उनले सुनाए । 

त्यस्तै पोखरेलले सरकारले कृषि पेन्सन कार्यक्रम पनि छिट्टै लागू गर्ने सुनाए । उनले भने, ‘हिजोमात्रै जलविद्युतमा जनताको लगानी कार्यक्रम सुरु भएको छ । सरकारले धेरै राम्रो काम गरेको छ ।’ नेपालले छिमेकीहरुसँग पनि सम्बन्ध सुमधुर बनाएको दाबी पोखरेलले गरे । ‘हामी ल्याण्ड लक्डबाट ल्याण्ड-लिङक्डतर्फ अघि बढेका छौँ', पोखरेलले भने ।

यद्यपि पोखरेलले जनताका सबै चाहना पूरा नभए पनि सरकार सही ट्रयाकमा गइरहेको बताए । ‘हो, जनताका अपेक्षा अहिले पनि पुरा भएका छैनन् । तर, सरकार सही ट्रयाकमा छ’, उनले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.