जेम्स स्कुल क्वार्टरफाइनलमा

जेम्स स्कुल क्वार्टरफाइनलमा

भक्तपुर : काठमाडौंको जेम्स स्कुल भक्तपुरमा जारी विद्यालयस्तरीय बार्‍हौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ।

लिग चरणमा लगातार तीन खेलमा जीत निकाल्दै जेम्स प्रतियोगिताका क्वार्टरफाइनल पुग्ने पहिलो टीम बन्न सफल भएको हो। भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगितामा जेम्सले शुक्रबार नेक्सस स्कुललाई ६९ रनले हराएको हो। टस जितेर ब्याटिङ रोजेको जेम्सले १८ ओभर ४ बलमा अलआउट हुँदै एकसय १३ रनको योगफल तयार गरेको थियो।

जेम्सको लागि आइस भट्टराईले सर्वाधिक ७३ रन बनाए। ६३ बलको सामना गरेर दुई छक्का र ६ चौका हाने उनी उक्त खेलको म्यान अफ द म्याचसमेत बन्न सफल भए।

त्यस्तै जेम्सका लागि अर्पण अधिकारीले १३ र विराट आचार्यले ४ रनको योगदान दिए। बलिङतर्फ नेक्ससका विधान महतले मात्रै तीन विकेट लिए।
जवाफी व्याटिङमा आएको नेक्सस १५ ओभरमै ४४ रन बनाएर अलआउट भए। नेक्ससका विधान महतले तीन चौका हानेर १२ रन जोडे। अरु कुनै पनि व्याटस्म्यानले दुई अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ जेम्सका आयुष उपाध्यायले चार विकेट झारे। चार रन खर्चेका उनले तीन ओभर बलिङ गरेर एक मेडनसमेत लिए। त्यस्तै आयुष भट्टराई र आशिष सुनुवारले एकएक विकेट लिए।

शुक्रबार नै भएको अर्को खेलमा ईपीएसले लाइसियम स्कुललाई ४८ रनले पन्छाएको छ। टस जितेर ब्याटिङमा ओर्लेको ईपीएसले १४ ओभर तीन बलमा अलआउट हुँदै एकसय १३ रन जोड्यो। उसको लागि अशोक पौडेलले सर्वाधिक ४४ रन बनाए। २४ बलको सामना गरेका उनले एक छक्का र आठ चौका प्रहार गर। उक्त खेलमा उनी म्यान अफ द म्याच घोषित हुन सफल भए।त्यस्तै मोहम्मद असीम सिद्दिकीले चार चौका हानेर २० रनको योगदान दिए।

बलिङतर्फ लाइसियमका मिसन कार्कीले मात्र ६ रन खर्चेर चार विकेट झारे। त्यस्तै निरज भण्डारी र परिक्षित ढकालले एकएक विकेट लिए।

जवाफी व्याटिङमा आएको लाइसियम १९ ओभर तीन बलमा अलआउट हुँदै ६५ रनमा समेटिएको थियो। लाइसियमका निरज भण्डारीले मात्रै दुई अंकको ११ रन जोड्न सके। अरु ब्याट्सम्यान चल्न सकेनन्।

बलिङतर्फ ईपीएसका सुवास शाहले तीन, अशोक पौडेलले दुई र पियुष केसीले एक विकेट लिए। प्रतियोगिताअन्तर्गत शनिबार आयोजक सैनिकको ए टीम र लाइसियम तथा सैनिक बी र ग्यालेक्सीसबीचको लिग खेल हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.