१२७ बुँदामा गण्डकी सरकारको १ बर्से उपलब्धि

१२७ बुँदामा गण्डकी सरकारको १ बर्से उपलब्धि

पोखरा : गण्डकी प्रदेश सरकारले शनिबार प्रदेश दिवस मनाउँदैछ । सरकार गठन भएको दिनको अवसरलाई नै प्रदेश दिवस घोषणा गरिएको छ । यस अवसरमा शनिबार प्रदेश सरकारले गएको १ वर्षमा गरेका १२७ बुँदे उपलब्धि सार्वजनिक गर्दैछ। माघ २८ गते प्रदेशसभामा तत्कालीन एमालेका संसदीय दलको नेता चुनिएपछि पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्रीको सपथ लिएका थिए ।

गोरखाबाट निर्वाचित रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर २ सदस्यीय मन्त्रिमन्डल बनाएका उनले सोही दिन मन्त्रिपरिषदको बैठक राखेका थिए । 

मन्त्रिपरिषदको पहिलो बैठकले नै दीर्घकालीन लक्ष्यसहितका महत्वपूर्ण योजनासम्बन्धी निर्णय गरेको थियो । त्यसमध्ये २ वर्षभित्र प्रदेशभरि बिजुली र आधारभूत खानेपानी पुर्‍याउने निर्णय पनि थिए । प्रदेश सरकारले ती योजना पूरा गर्न बिजुली नपुगेका ठाउँ पहिचान गरि भ्याएको जनाएको छ । खानेपानीका ५ सय ५२ भन्दा आयोजनाको सम्झौता भइसकेको पनि उसको भनाइ छ । 

सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रियस्तरको खेल स्टेडियम निर्माण गर्न विदेशीदाता खोजिरहेको छ । क्यान्सर, मुटु तथा मृर्गौला उपचार केन्द्र स्थापना गर्नेबारे सरकार अध्ययनको चरणमा छ । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो वर्ष कानुन निर्माणको वर्ष भएको बताउँछन् । ‘कानुन बनाएका छौं, प्रदेश विकासको आधार तयार गरेका छौं’, उनले अन्नपूर्णसँग भने, ‘कार्यालयहरु, प्रदेशसभा, मन्त्रालयहरु लगायतको भौतिक पूर्वाधारको व्यवस्था पनि यो १ वर्षमा भएको छ ।’ 

प्रदेश सरकारको १२७ बुँदे उपलब्धीको १ नम्बरमा प्रदेश सरकार गठन भएकै दिन प्रदेश सरकारको कार्य सञ्चालनलाई व्यवस्थित गर्न प्रदेश सरकार  कार्य  सम्पादन नियमावली,  २०७४ र प्रदेश सरकार  कार्य  विभाजन   नियमावली, २०७४ स्वीकृत गरी लागु गरिएको उल्लेख छ । 

भने २ नम्बरमा सरकारले प्रदेश सभामार्फत २१ वटाभन्दा बेसी कानुन निर्माण गरिसकेको उल्लेख छ । ‘४ कानुन सभामा छलफलका क्रममा छन् । १ सय १७ वटा कार्यविधि÷निर्देशिका स्वीकृत भएका छन्,’ उपलब्धि पुस्तिकमा भनिएको छ । चौथों बुँदामा सरकारले राजधानी निर्धारण र प्रदेशलाई गण्डकी नामकरण गरिएको भनेर उल्लेख गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आर्थिक वर्षको अन्त्यसम्म बजेट कार्यान्वयन ७० प्रतिशतभन्दा बेसी हुने बताउँछन् । प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कुमार खड्का अरु कुरामा धैर्य हुन सकिए पनि बजेट कार्यान्वयनमा सरकारबाट अपेक्षाकृत कार्य हुन नसकेको बताउँछन् । 

६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा पार्टी एकीकरणअघि नै तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन सरकार बनाएका थिए । ती पार्टी नेकपा बनिसक्दा सत्तारुढ दलसँग ३७ सांसद छन् । प्रतिपक्ष कांग्रेस १५ जनासहित प्रदेश सभामा उपस्थित छ । राजमोका २ र नयाँ शक्तिका २ सांसद छन् । एक स्वतन्त्र सांसद छन् । राजमोका १ सांसदको पुस ६ गते निधन भएपछि बागलुङ २ को ख निर्वाचन क्षेत्र रिक्त छ । 

यस्ता छन् गण्डकी सरकारका १२७ बुँदे उपलब्धी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.