भाग्यले बाँचेका जीतबहादुर बुबा सम्झिएर विक्षिप्त

भाग्यले बाँचेका जीतबहादुर बुबा सम्झिएर विक्षिप्त

जाजरकोट  : गाडीको एउटै सिटमा बसेका बालाई गुमाउनु पर्दाको पीडाले उनलाई पछ्याइरहेको छ। डोल्पा जगदुल्ला गाउँपालिका-४ का १२ वर्षीय जीतबहादुर बोहराका आँसु अहिले पनि थामिएका छैनन्। बाबुको सम्झनामा मलिन अनुहार बनाउँदै अस्पतालमै टोलाइरहेका छन् उनी।

 बिहीबार जाजरकोटको रिम्नमा भएको बस दुर्घटनामा उनका बाबु मुनबहादुरको मृत्यु भएपछि छोरा जीतबहादुर गहिरो शोकमा छन्। काठमाडौंको राम्रो स्कुलमा पढाएर छोरालाई ठूलो मान्छे बनाउने सुन्दर सपना सजाएर निस्किएका मुनबहादुर कहिल्यै नफर्किने गरी सदाका लागि विदा भए। दुर्घटनामा सामान्य घाइते भएका जीतबहादुर बाबुको मृत्युले विक्षिप्त छन्। 

 मुनामदन आधारभूत विद्यालय जगदुल्ला छाँचुमा तीन कक्षामा पढ्ने जीतबहादुरलाई बाबु मुनबहादुरले काठमाडौंमै पढाउने भनेर केही दिनअघि  काठमाडौं पुर्‍याएका थिए। काठमाडौंमा यतिबेला भर्ना नहुने थाह पाएपछि फेरि आउने भन्दै बाबुछोरै फर्किएका थिए। 

डोल्पामा राम्रो पढाई नहुने भन्दै बुबाले आफूलाई काठमाडौंमा पढाउने योजना बनाएको उनले सुनाए। ‘तँ पढेर ठूलो मान्छे बन्नुपर्छ। जागिर खानुपर्छ। असल मान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो तर मलाई बीच बाटोमै छाडेर जानुभो’,उनले भक्कानिदै भने ‘म बुवाको सपना कसरी साकार पारुँ ?’  

कमाई गर्ने घरमुली बुवाको मृत्यु भएपछि उनी निकै चिन्तित छन्। उनका घरमा आमाकासाथै ५ दाजु , एक दिदी र एक बहिनी छन्। दाजुहरु छुट्टै बस्छन्।

शव बुझ्न र उनलाई लिन प्रहरीले शुक्रबार आफन्तलाई खबर पठाएको छ। डोल्पाबाट जाजरकोट आउन कम्तिमा दुई दिन लाग्छ। कोही आफन्त आइपुगेका छैनन्। उनी अहिले जाजरकोट अस्पतालमै छन्।

नेपालगञ्जबाट रुकुमको राडीवजार तर्फ जाँदै गरहेको बस जाजरकोटको रिम्ना नजिक दुघर्टना हुँदा बोहरा सहित चार जनाको मृत्यु भएको थियो। ९ जना घाइते छन्। घाइतेको नेपालगञ्ज र जाजरकोट अस्पतालमा उपचार भइरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.