सम्बोधन
तिमी पो हाँस्छौ
पोखेर एकैचोटी खुसीका इन्द्रेणीहरू
तिमी पो बाँच्छौ
फुलाएर बैंसका एकएक सपनाहरू
म त भागेर आफैंदेखि रहरको भुँमरीमा
समुद्र भेट्टाउन हिँडेको नदी न थिएँ
किनार लगाइदियौ
र कुलोको पानी भएँ
बग्छु अर्कैको लागी
बाँच्छु अर्कैको लागी
बग्दैबग्दै गए कसैको फाँटभरि फुलौंला
सुक्दै गए झरी बनेर फेरी
यही माटोमा झरौँला
ताकि कहिल्यै नमुर्झाओस्
तिम्रो धरतीको बगैंचा ।
प्रतिक्रिया दिनुहोस !
७