लगातार वर्षाले सडक अवरुद्ध

लगातार वर्षाले सडक अवरुद्ध

बैतडी : लगातारको वर्षाले बैतडीको ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन्। वर्षाले सडक हिलाम्य भएपछि गाउँका कच्ची सडक अवरुद्ध भएका हुन्। जिल्लाको तल्लोसोराड क्षेत्र जोड्ने पाटन–पञ्चेश्वर, पुरचौडी क्षेत्र जोड्ने ढोल्यामोड–हाट र श्रीभावर–हाट, च्वाँगढ क्षेत्र जोड्ने दुदीलाखान–गाँजरी सडक अवरुद्ध भएका हुन्। 

यस्तै सतबाँझ–श्रीभावर, अनारखोली –कैलपाल, देहीमाडौं–गिरेगडा, देहीमाडौं—सलेना, अनारखोली कैलपाल सडक पनि अवरुद्ध भएका छन्। 

गाउँका सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई सास्ती भएको छ। दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको यातायात व्यवसायी नारायणदत्त भट्टले बताए। उनले भन, ‘कच्ची सडक गाडी चलाउन नसकिने गरी हिलाम्य भएका छन्। गाडी चलाउन निकै सास्ती भएको छ। लगातार चार दिनदेखि वर्षा भईरहेको छ।’

पाटन–पञ्चेश्वर सडकको मेलौलीसम्म मात्रै छिटफुट रुपमा जीप सञ्चालन भइरहेका छन्।  सडक अवरुद्ध हुँदा गाउँगाउँमा जाने यात्रुहरुलाई असहज भएको छ। केही दिन पहिला हिमपातले अवरुद्ध भएका ग्रामीण कच्ची सडक केही दिनदेखि परिरहेको पानीले फेरि अवरुद्ध भएका सुर्नया–५ का देव महराले बताए। उनले भने, ‘लगातारको वर्षाले कच्ची सडकमा गाडी चल्न छोडेका छन्। सडकभरी हिलो भएको छ।’

लगातारको हिउँदे वर्षाले जिल्लाका विभिन्न ठाउँमा यातायातका साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए। 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.