चट्याङ लागेर घ्याम्पे डाँडामा पिकनिक गएका विद्यार्थीसहित ६ घाइते

चट्याङ लागेर घ्याम्पे डाँडामा पिकनिक गएका विद्यार्थीसहित ६ घाइते

भक्तपुर : भक्तपुरको सूर्यविनायक नपा ७ गुण्डुस्थित घ्याम्पे डाँडामा पिकनिक मनाइरहेका ६ जना शनिबार दिउँसो चट्याङ लागेर घाइते भएका छन्।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्रबाट पिकनिक मनाउन आएकामाथि चट्याङ परेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चट्याङ लागेर मोरङको कोसी दरैचा नपा ४ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, कैलालीको गौरी नपा १ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय जीवन भण्डारी र स्याङजाको कालीगण्डकी गाउँपालिका ४ घर भई हाल कीर्तिपुर नै बस्ने २४ वर्षीय कमल पाण्डे घाइते भएका छन्।

परिसरका प्र्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले नवलपरासीको सुस्ता गाउँपालिका ५ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय सत्यनन्द गुप्ता, ओखलढुङ्गाको रुम्जाटार घर ५७ वर्षीय ललित गुरुङ र सर्लाही घर भएकी २९ वर्षीया सीता खड्का घाइते भएको बताए।

उनका अनुसार घाइते गुरुङ त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड हुन् भने खड्का विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने महिला हुन्।

घाइतेहरुको भक्तपुर नपा १ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्र्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ।

शनिबार दिउँसो मुसलधारे पानीको बीचमा परेको चट्याङले उनीहरुलाई भेटेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.