कांग्रेस सकिएको छैन : पौडेल

कांग्रेस सकिएको छैन : पौडेल

दमौली : कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेस नसकिएको बताएका छन्। राष्ट्रिय मगर संघले दमौलीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटनमा बोल्दै उनले कांग्रेसले मर्यादित तवरले सदन र बाहिरबाट कुरा उठाउँदा गलत अर्थ लगाइएको बताए। 

उनले मर्यादित तरिकाले गलत कामविरुद्ध आवाज उठाउँदा पनि सरकार सच्चिने संभावना नभएको जिकिर गरे।

राज्यका सबै साधन र श्रोत सत्ताधारी दलले आफ्नो ढंगले चलाएको उनले आरोप लगाए। देशमा विकास र समृद्धिको बाटो कोरिने संभावना यो सरकारबाट नदेखिएको उनले दावी गरे।

माओवादीले युद्धका क्रममा उपयोग गरेको रुकुम र  रोल्पा उस्तै भएको उनको भनाइ छ। देशमा सुशासन नभएको र भ्रष्टाचार बढेको भन्दै उनले सरकारको आलोचना गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.