७०५ लिटर मदिरा नष्ट
सिरहा : प्रहरीले लहान नगरपालिकास्थित कालाबन्जरबाट तयारी र कच्चा पदार्थसहित ७०५ लिटर मदिरा नष्ट गरेका छ। सिरहा प्रहरी प्रमुख एसपी जिवन श्रेष्ठका अनुसार प्रहरीले स्थानीयवासीको रोहबरमा उक्त मदिरा नष्ट गरेको हो।
प्रहरीले ४४ वटा प्लाष्टिक र २ वटा सिल्भरको भाडो समेत बरामद गरेको छ। खुल्ला मदिराको कारोबार गाउँघरमा फस्टाउन थालेपछि प्रहरीले केही समयदेखि नियन्त्रणको अभियान चलाउँदै आएको छ।