राष्ट्रपति चढेको हेलिकोप्टर खराब मौसमले गर्दा फाप्लु फर्कियो

राष्ट्रपति चढेको हेलिकोप्टर खराब मौसमले गर्दा फाप्लु फर्कियो

सोलुखुम्बु : राष्ट्रपतिलाई लिएर काठमाडौं उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थलमै फर्किएको छ। सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन राष्ट्रपति यहाँ आएकी हुन्।

रजतजयन्ती समारोहलाई सम्बोधन गरी उनी सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंका लागि उडेकी थिइन्। तर खराब मौसमका कारण १५ मिनेटमै उनी चढेको हेलिकोप्टर फाप्लु विमानस्थल फर्किएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। 

घिमिरेका अनुसार हेलिकोप्टर सेनाको गुल्ममा छ भने राष्ट्रपति विमानस्थलनजिकैको होटलमा रोकिएकी छन्।

देशभर आज बिहानैदेखि पानी परेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.