गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि पानीलेखमा आएको खुसी
बाजुरा : बाजुराको बडिमालिका नगरपालिका १ पीनालेखमा स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयवासी खुसी भएका छन्।
वडामै स्वास्थ्यकेन्द्र स्थापना भएपछि तीन घण्टा हिँडेर उपचारका लागि जानुपर्ने बाध्यता हटेको स्थानीय प्रशान्तराज जोशीले बताए।
नगरपालिका वडा नम्बर १ का सल्याना, पाटा, लगायतका बस्तीलाई उपचार गर्न सहज हुने भएपछि स्थानीय खुसी भएका छन्। स्वास्थ्य संस्थाको शुक्रबार उद्घाटन गरिएको हो।
स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्यले सहरी स्वास्थ्यको भवन निर्माण गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए।
अन्य उपचारका साथमा वडाका महिलालाई सुत्केरी गराउन पनि अब सहज हुने उनले बताए।