मकवानपुर सडक मानवमुक्त

मकवानपुर सडक मानवमुक्त

हेटौंडा : सडकमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानव विगतमा जताततै देखिन्थे। तर, हिजोआज मकवानपुरका सडकमा यस्ता असहाय व्यक्ति भेटिँदैनन्। उनीहरूको उद्धार र पुनःस्थापनापछि मकवानपुरलाई शनिबार सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ।

जिससको संयोजनमा भएको कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरेका हुन्। सडक र ठूला भवन निर्माण मात्र विकासको सूचक नभएको मुख्यमन्त्री पौडेलले बताए। ‘चिल्ला सडक भएर के गर्ने ? सडक वरिपरि विपन्न र बेसहारा मान्छेहरू छन् भने’, उनले भने, ‘जसको कोही छैन उसको अभिभावक राज्य छ भन्ने भरोसा भएपछि मात्र विकासका सबै सूचक पूरा हुन्छन्।’

प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने नीति रहेको उनले सुनाए। आफ्नो कार्यकालभित्र त्यो पूरा गरेर छाड्ने प्रतिबद्धता उनले जनाए। यसका लागि विभिन्न संघसंस्थासँगको सहकार्यमा काम भइरहेको सामाजिक विकासमन्त्री युवराज दुलालले सुनाए।

स्थानीय युवाको समूहले २०६९ भदौमा पाँच असहायलाई उद्धार गरी आश्रममा राखेको थियो। उनीहरूलाई आ श्रममा राखे पनि खुवाउने र उपचार गर्ने स्रोत थिएन। असहायको सहयोगका लागि हेटौंडा बजारमा मुठीदान संकलन गर्दा ‘यो उमेर माग्दै हिँडेको’ भन्दै धेरैले असहयोग गरेका थिए। तापनि, रामजी अधिकारी र उनको टोली निराश भएन।

सडकमा देखेका बेवारिसेको उद्धार गरी संरक्षण र रेखदेखमा लागिरहे। तिनै युवाको सक्रियतामा खुलेको मानवसेवा आश्रमले १६ सय जनाको उद्धार गरेको छ। यसमध्ये ४ सय ५ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ।मकवानपुरमा १६ आश्रम तथा बालगृह सञ्चालनमा छन्। ४ सय ७ जना आश्रित रहेको जिससको तथ्यांक छ।

मानवसेवा आ श्रमले २०८२ भित्र देशलाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। आ श्रमका अध्यक्ष अधिकारीले अभियान सफल पार्न विभिन्न जिल्लामा शाखा खोलेका छन्। पाँच प्रदेशका ११ जिल्लामा १४ शाखा विस्तार गरिसकेको उनले सुनाए। उनका अनुसार विदेशी संघसंस्थासँग सहयोग नलिने नीति छ।

देश–विदेशमा रहेका नेपालीको सहयोग र मुठीदान संकलनबाटै उद्धार गरिएका मानवको पालनपोषण र उपचारको काम गरिरहेको उनले सुनाए यसअघि २०७४ चैतमा गोरखा नगरपालिका र पशुपति मन्दिर परिसरलाई सडक मानवमुक्त घोषणा गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.