बिमाको सेयर आम्दानी घट्यो

बिमाको सेयर आम्दानी घट्यो

काठमाडौं : नेप्सेमा सूचीकृत सातवटा जीवन बिमा कम्पनीमध्ये पाँचवटाको प्रतिसेयर आम्दानी घटेको छ। कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार एसियन लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्सुरेन्स कम्पनीको प्रतिसेयर आम्दानी घटेको हो।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सबैभन्दा बढी प्रतिसेयर आम्दानी घट्नेमा प्राइम लाइफ छ। आव ०७४/०७५ को तुलनामा ०७५/७६ मा प्राइम लाइफ कम्पनीको प्रतिसेयर आम्दानी २७.६२ रुपैयाँले घटेको छ। ०७४/७५ मा ३७.७६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेकोमा अहिले घटेर १०.१४ रुपैयाँमा झरेको छ। यस्तै नेसनल लाइफको प्रतिसेयर आम्दानी पनि ७.७१ रुपैयाँ घटेको छ। ०७४/७५ मा २०.६३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको नेसनल लाइफको अहिले घटेर १२.९२ रुपैयाँमा झरेको छ।

प्रतिसेयर आम्दानी गुमाउने कम्पनीको तेस्रो नम्बरमा नेपाल लाइफ छ। कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ५.३ रुपैयाँ घटेको छ। एसियन लाइफ र सूर्या लाइफको प्रतिसेयर आम्दानी क्रमशः १.६३ र १.०१ रुपैयाँ घटेको छ। सूर्या लाइफको प्रतिसेयर आम्दानी १.१ रुपैयाँले घटे पनि सबैभन्दा धेरै प्रतिसेयर आम्दानी उसैको छ। कम्पनीको पुस मसान्तसम्म प्रतिसेयर आम्दानी १९ रुपैयाँ १२ पैसा छ।

अर्कोतर्फ प्रतिसेयर आम्दानी बढेका कम्पनीको आम्दानी रेसियो पनि खासै सन्तोषजनक देखिँदैन। प्रतिसेयर आम्दानी वृद्धि भएका दुई कम्पनीमा गुराँस लाइफ र लाइफ इन्सुरेन्स कर्पोरेसन छन्। आव ०७४÷७५ को तुलनामा ०७५/७६ मा गुराँसको ९२ र लाइफको ३१ पैसाले मात्रै प्रतिसेयर आम्दानी बढेको छ। बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बिमा कम्पनीको प्रतिसेयर आम्दानी घट्नुको कारण कम्पनीको चुक्ता पुँजी वृद्धि हुनु हो। ‘अहिले अधिकांश इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी वृद्धि गरेका छन्’, उनले भने, ‘कम्पनीले नाफा नगरेका होइन। तर, जुन रूपमा कम्पनीले पुँजी वृद्धि गरेका छन्, त्यो अनुपातमा नाफा नबढ्दा यस्तो अवस्था सिर्जना भएको हो।’

एसियन लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्सुरेन्स कम्पनीको प्रतिसेयर आम्दानी घटेको हो।

कम्पनीले चुक्ता पुँजी वृद्धि गरेको भए पनि बिमा समितिले तोकेअनुसार चुक्ता पुँजी पु¥याउनेमा दुई बिमा कम्पनीमात्रै छन्। जीवन बिमा कम्पनीका लागि बिमा समितिले पुस मसान्तसम्म दुई अर्ब पुँजी पु¥याउन निर्देशन दिएको थियो। तोकिएको चुक्ता पुँजी पु¥याउने कम्पनीमा नेपाल लाइफ र नेसनल लाइफ छन्।

वित्तीय विवरणअनुसार नेपाल लाइफको चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ पुँजी छ। नेसनल लाइफ दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार रुपैयाँ पुँजी पु¥याएको छ। नेपाल लाइफ र नेसनल लाइफले गत वर्षभन्दा क्रमशः ४२ प्रतिशत र ६० प्रशितले पुँजी बढाएका छन्। एसियन लाइफ, प्राइम लाइफ र सूर्या लाइफले गत वर्षको तुलनामा पुँजी वृद्धि गरेको भए पनि उनीहरूको चुक्ता पुँजी बिमा समितिले तोकेबमोजिम पुग्न सकेको छैन। यी दुई कम्पनीले गत वर्षको तुलनामा क्रमशः ५५.९९, १९२.५ र ५५.९६ प्रतिशतले पुँजी वृद्धि गरेका छन्। अर्कोतर्फ गुराँस लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको पुँजीमा कुनै वृद्धि भएको देखिँदैन।

वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीको खुद नाफा बढेको छ। गत वर्ष कम्पनीले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको प्राइमको यो वर्ष २१.४१ प्रतिशतले घटेर नौ करोड पाँच लाख २६ हजार रुपैयाँमा झरेको छ। सात कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा लाइफ इन्स्योरेन्स छ। सूर्या लाइफ इन्स्योरेन्सको नाफा ४८.९५ प्रतिशतले बढेर एक खर्ब आठ अर्ब २२ करोड सात लाख रुपैयाँ पुगेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.