छाउपडी हटाउन अग्रसर

छाउपडी हटाउन अग्रसर

दैलेख : चामुण्डाविन्द्रासैनी नगरपालिकाका जनप्रतिनिधि छाउपडी प्रथा हटाउन जुटेका छन्। उनीहरूले नगरपालिका बैठक, अन्तक्र्रिया र अन्य कार्यक्रममा छाउपडी हटाउनु स्थानीय सरकारको प्राथमिकतामा भएकाले सघाउन सबैसँग आग्रह गरेका छन्।

महिनावारी हुँदा बढी सरसफाइको खाँचो पर्ने भन्दै उनीहरूले नगरपालिकाभित्र कार्यरत संघसंस्थासँग पनि छाउ उन्मूलनसँगै सरसफाइलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन्। जिल्लामा अन्य स्थानीय तहको तुलनामा छाउ बढी देखिएको चामुण्डाविन्द्रासैनी नगरपालिकामा गत वर्ष छाउगोठमा बसिरहेका दुई महिलाले ज्यान गुमाइसकेका छन्।

चामुण्डाविन्द्रासैनीका नगर प्रमुख सूर्यबहादुर शाहीले बुधबार किशोरी विकास कार्यक्रममा महिनावारी हुँदा घरमै बसे देउता नरिसाउने बताए। किशोरीका लागि स्यानिटरी प्याड बनाउने तालिममा उनले पार्वती, राधा, भगवतीजस्ता देवीको पनि महिनावारी हुने र उनीहरू कहिल्यै छाउगोठमा नबसेको उल्लेख गर्दै यस्तो कुप्रथाको पछि लागेर ज्यान जोखिममा नपार्न आग्रह गरे।

प्रमुख शाहीले भने, ‘छाउ बार्नुपर्छ भनेर देउताले भनेका होइनन्, यो समाजले बनाएको कुसंस्कार हो।’ छाउ बार्ने कुसंस्कार अन्त्य गर्न सोच बदल्नुपर्ने र सोच फेरिए मात्र विकासको आस गर्न सकिने उनले बताए। ‘महिनावारी हुँदा तपार्इंहरू घरमै बस्नुहोस्, दही, दूध खानुहोस्, देउता रिसाउँदैनन्’, उनले भने।

नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही पनि छाउ सामाजिक कुरीति भएकाले हटाउन जनप्रतिनिधि नै अघि बढ्नुको विकल्प नरहेको बताउँछिन्। नगरपालिकाले छाउ हटाउन जनप्रतिनिधिबाटै सुरु अभियानलाई नागरिक समाजले राम्रो सुरुवात भन्दै स्वागत गरेको छ। अधिकारकर्मी रमा श्रेष्ठले स्थानीय सरकारले नै कुंसस्कार अन्त्यको अभियान थाल्नु स्वागतयोग्य भएको बताइन्। उनले पहिले आफ्नै घरबाट जनप्रतिनिधिले छाउ हटाएर उदाहरण बन्नुपर्ने सुझाव दिँदै सघाउन सधैं तयार रहेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.