बिग बास लिगको फाइनलमा सन्दीपको कसिलो बलिङ

बिग बास लिगको फाइनलमा सन्दीपको कसिलो बलिङ

एजेन्सी  : अस्ट्रेलियाको बिग बास लिगको फाइनलमा नेपाली युवा क्रिकेटर सन्दीप लमिछाने आवद्ध टोली मेलबर्न स्टार्सले अहिले मेलबर्न रेगेनेट्सँग प्रतिस्पर्धा गरिरहेको छ । फाइनल खेलमा सन्दीपले कुनै विकेट लिन नसकेपनि निकै कसिलो बलिङ गरेका छन् । चारै ओभर बलिङ गर्न पाएका उनले १६ रन मात्रै दिए ।

सातौं ओभरमा बलिङमा आएका सन्दीपले २ रन मात्रै दिए । त्यसपछि ९ औं ओभरमा ५ रन, १३ औं ओभरमा ३ रन १५ औं ओभरमा ५ रन दिए, । २४ बलमा उनले कुनै अतिरिक्त रन दिएनन् । उनको बलमा मेलबर्न रेगेनेट्सका ब्याट्सम्यानले १ चौका मात्रै प्रहार गर्न सके । 

आइपीएलपछि लगातार ठूला विदेशी लिगमा व्यस्त रहेका सन्दीपले पहिलो पटक फाइलन खेल्ने अवसर पाएका हुन । यसपछि उनी पाकिस्तानी सुपर लिग खेल्न जानेछन् । पाकिस्तानी सुपर लिग यूएइमा गत बिहीबार देखि सुरु भइसकेको छ । सन्दीपलाई लिएको टिम लाहोर क्वालान्डर्सले दुई खेल खेलिसकेको छ ।

सन्दीप बिग बास लिगका चार खेल खेली बङ्गलादेश प्रिमियर लिग खेल्न  बंगलादेश गएका थिए । त्यसपछि नेपाल र यूएईबीचको एकदिवसीय र टीट्वीन्टी श्रृंखला खेली सन्दीप उतैबाट बिगबास लिग खेल्न गएका हुन् ।

 सन्दीपले बिग बासमा  ८ खेल खेल्दा ११ विकेट लिए । 

मेर्लबन स्टार्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.