पाटन विमानस्थलको कालोपत्रे गर्न ढिलाइ

पाटन विमानस्थलको कालोपत्रे गर्न ढिलाइ

बैतडी : बैतडीको पाटन विमानस्थ कालापत्रे गर्ने कार्य अझै सुरु भएको छैन्। गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थल कालोपत्रे गर्न अझै चैत मसान्तसम्म कुनुपर्ने देखिएको छ। ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिंग, फिटिंग र सबबेसको काम सकिएको नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर कविता भट्टले बताइन्। 'वर्षाका कारण काम ढिलो सुरु भयो।असारमा सक्ने लक्ष्य भएपनि बेलाबेला भएको वर्षाका कारण कालोपत्रे गर्न सकिएन्।'

विमानस्थललाई स्तरोन्नती गर्ने कार्य अन्तर्गत सबबेसको काम सकाएर बेसको काम अन्तिम चरणमा पुगेको नागरिक उडड्यन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले बताए। उनले गत असारमै विमानस्थल सुचारु गर्नुपर्ने हो तर भनेअनुसार काम हुन नसकेपछि निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ।म्याद थप्ने प्रक्रिया सँगसँगै काम भइरहेको छ।'

विमानस्थल निर्माण सुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्दा हड्ताल र निर्माण कम्पनीको लापरवाहीका कारण समयै सम्पन्न हुन नसकेको उपप्रबन्धक थापाले बताए। पाटन विमानस्थलको ५९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिनेछ। यसका लागि मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ।  

विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिने भएपछि स्थानीयबासी भने निराश भएका छन्। 'विकास निर्माणका कामहरु समयमै नसकिने रोगजस्तै भइसकेको छ। विमानस्थल असार मसान्तमा कालोपत्रे हुन्छ र जहाज चढ्न पाइन्छ भनेर सोचेका थियौं। तर असारमा नसकिने कुराले हामीलाई निराश बनाएको छ', नगरस्तरीय नागरिक समाज पाटनका सदस्य मानबहादुर चन्दले भने, 'पाटन विमानस्थललाई जतिसक्दो चाँडो सञ्चालन गर्ने हिसाबले काम हुनुपर्छ। यसका लागि नागरिक उडड्यन प्राधिकरणलगायत सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ।'

पाटन विमानस्थलमा २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। 

पाटन विमानस्थल सुचारु भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने स्थानीयबासी लोकेन्द्रप्रसाद पन्तले बताए। पाटन विमानस्थल सुचारु भएमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए। उनले विमान सेवा सुचार भए दार्चुलाको अपि हिमाल र बझांगको साइपाल हिमाल चढ्न पर्यटकको संख्या बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.