सरकारले शून्य काम गर्‍यो भन्नेको दिमागै शून्य : सञ्चारमन्त्री

सरकारले शून्य काम गर्‍यो भन्नेको दिमागै शून्य : सञ्चारमन्त्री

बनेपा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारबारे गलत प्रचार भएको आरोप लगाएका छन् । सरकारको एक वर्ष बितिसक्दा पनि केही काम गर्न नसकेको भन्दै आलोचना भएकोमा आक्रोश पोख्दै बाँस्कोटाले एक वर्षमा सरकार सफल भएको दाबी गरेका हुन् । 

काभ्रेको धुलिखेल नगरपालिकाको ३३ औँ स्थापना दिवसको अवसरमा आइतवार बोल्दै मन्त्री बास्कोटाले सरकारको एकवर्षे उपलब्धी राम्रो रहेको बताए । ‘दुई चार कुरालाई आधार बनाएर सरकाले एक वर्षमा शून्य काम गर्‍यो भन्ने गलत चर्चाले केही हुनेवाला छैन’, उनले थपे, ‘समय आएपछि थाहा पाउने छन्, सरकारका काम र उपलब्धीहरु ।’

मन्त्री बाँस्कोटाले तत्काल गरेको कामको सफलता तत्काल नदेखिने बताउँदै दीगो काम सरकारले गरिरहेको बताए । ‘शून्य सफलता रहेको भन्नेहरुको दिमागको प्रतिफल नै शून्य हो’, उनले थपे ‘नीतिगत, संरचनात्मक र संगठनात्मक सुधारका काम भइरहेका छन, तर सरकार शून्य काम होइन, सफल भएको छ ।’ 

मन्त्री बास्कोटाले सरकारको पहिलो वर्ष कानुनी समस्या, अल्झन रहेको बताउँदै  नीतिगत काम सकिएकाले सरकारको ध्यान जनताको जीवनस्तरमा  परिवर्तन गरी आर्थिक प्रगति हासिल गर्नेतर्फ उन्मुख रहेको बताए ।

‘सरकारले एक वर्ष पुरा गरेको छ, केही आलोचना केही सुझाव छ। हामी  पुरा गर्छौँ ’, उनले थपे ‘हामीले जनताको जीवनस्तर, आर्थिक प्रगति गर्न निति, नियमपूर्वक काम  गरेका छौ, जुन विस्तारै देखिन्छ ।’ कुनै पनि देशमा एकैपटक विकास नभएको बताउँदै उनले हण्डर खाँदै विकास अघि बढेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.