निसानको नयाँ किक्स गाडी अब नेपालमा

निसानको नयाँ किक्स गाडी अब नेपालमा

काठमाडौँ : पायोनियर मोटो कर्प प्रालिले लामो समयदेखि प्रतिक्षामा रहेको निसानको गाडी किक्स फागुन ५ गतेदेखि बजारमा ल्याएको छ । 

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिनेछ । यसको फराकिलो भित्री भाग र स्टाइलिष्ट (आकर्षक) बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ । 

अति राम्रा विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा इन्ट्री लेभलको ४७ लाख ९९ हजार र टप लेभलको ५९ लाख ९९ हजारमा मा पाइनेछ ।

विशेषता

यसका विशेषतामा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश छन् ।

यो एसयुभी गाडी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुईप्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछ । 

बिक्री प्रारम्भ गरिएको समारोहमा, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन ल्याउन सकेकोमा खुशी व्यक्त गरे । उनले नेपालीको अभिरुचि पूरा गर्ने बताउँदै यसबारे नेपालीमा रहेको उत्सुकता पूरा गर्दै मन पनि जित्दै बताए । 

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको कम्पनीको दाबी छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरको को ५ स्पीड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ के९के डीसीआई को ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् ।

यसको माइलेज क्षमता उत्तम मानिएको बताइएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरआईले प्रमाणित गरेको कम्पनीले जनाएको छ । 

यी गाडीहरु पायोनियरको नयाँ बिक्रीकक्ष काठमाडौं उत्तरढोका र देशभरका बिक्री केन्द्रहरुबाट खरिद गर्न पाइनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.