‘ब्याज बृद्धिले व्यवसायिक जोखिम बढ्यो’
परासी : प्रदेश–५ का उद्योगी व्यवसायीले बैंक तथा वित्तिय संस्थालाई एकतर्फी ऋण ब्याज बढाएको आरोप लगाएका छन्। ब्याज बृद्धिका कारण व्यवसायिक जोखिम बढेको समेत उनीहरुले प्रस्ट पारेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–५ का अध्यक्ष गुणनिधि तिवारीले ब्याजका कारण उद्योग कलकारखाना र व्यवसाय मात्र नभई समग्र अर्थतन्त्रमा प्रतिकुल असर पुगेको बताएका छन्। एक विज्ञिप्त जारी गर्दै उनले ब्याज बृद्धिले निजी क्षेत्रबाट सञ्चालित परियोजनाहरुको लागत बृद्धि हुन गई लगानी संकुचित हुँदा वस्तु तथा सेवाको मागमा गिरावट आएको समेत प्रस्ट पारेका छन्।
बैंक तथा वित्तिय संस्थाहरुले मुद्दतीमा विनियत समावधीका लागि विनियत ब्याजदर उपलव्ध गराए जस्तै प्रवाह गर्ने ऋणमा पनि विनियत समयका लागि निश्चित ब्याज दर लागु गर्ने नीति कायम गर्न माग गरेको छ।
त्यसैगरी स्प्रेड दरलाई न्यूनिकरण गरी ३ देखि ४ प्रतिशत कायम गर्न, एक पक्षिय रुपमा गरिएको ब्याज बृद्धिको प्रणालीलाई अन्त्य गर्न, बैंक तथा वित्तिय संस्थाहरुको प्रभावकारी अनुगमन गरी उपभोक्ताको हक अधिकारको संरक्षण गर्न समेत प्रदेश महासंघले माग गरेको हो।