स्ववियु निर्वाचन : सत्तारुढ विद्यार्थीले घेरे उपकुलपति कार्यालय
काठमाडौँ : फागुन १६ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएपछि सत्तारुढ दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय घेराउ गरेका छ्न ।
स्ववियु निर्वाचन तालिका सार्वजनिक गर्न माग गर्दै पुगेका सत्तारुढ दल नेकपानिकट अनेरास्ववियु र अखिल क्रान्तिकारीनिकट विद्यार्थीहरुले सोमबार दिउँसो कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेरेर नाराबाजी गरेका हुन् ।
विद्यार्थीहरुले नाराबाजी गर्दै उपकुलपति तीर्थ खनियाँको कार्यालय घेरेपछि त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले छिट्टै निर्वाचन तालिका सार्वजनिक गर्ने आश्वासन दिएका थिए ।
सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुले नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको आन्तरिक विवादका कारण स्ववियु निर्वाचन रोक्न नहुने बताएका छन् ।