बझाङमा जिप दुर्घटना २ जनाको मृत्यु, ११ घाइते

बझाङमा जिप दुर्घटना २ जनाको मृत्यु, ११ घाइते

बझाङ  : सदरमुकाम चैनपुर बजारबाट जयपृथ्वी नगरपालिका–११ धामीलेख गाँउतर्फ गइरहेको एउटा जिप आइतवार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  

से १ ज ८९० नम्वरको जिप आइतवार राति भोपुरमाथि माडुकाट्नेमा दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मुत्यु भएको हो । जिपमा सवार अन्य ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा धामीलेख गाँउका ४५ वर्षीय धौल्या जोशी र १२ वर्षकी सम्झना जोशी रहेको मृतकका आफन्त तुला जोशीले जानकारी दिइन् । 

दुर्घटनामा गम्भीर घाइतेमध्ये धामीलेखगाँउकै जयराज जोशी, जुनादेवी जोशी, अंगराज जोशी, झसी जोशी, कविता जोशी, प्रकाश जोशी र सविता जोशीलाई थप उपचारका लागि कोहलपुर मेडिकल अस्पताल पठाइएको छ । अन्य सामान्य घाइतेको जिल्ला अस्पताल सिमखेतमा उपचार गरिँदैछ । 

जिपमा १८ जना सवार थिए । चामल र अन्य सामान पनि बोकेर गइरहेको जिपत भोपुरमाथि उकालो बाटोमा ब्रेक फेल भएर  दुर्घटना भएको चालक धनबहादुर बोहराले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.