फेसबुकमाथि बेलायती विज्ञको आरोप : कानुन मिच्ने ‘डिजिटल ग्याङस्टार’
लण्डन : बेलायतका नीति निर्माताहरुले फेसबुकमाथि डाटाको स्वामित्व तथा प्रतिष्पर्धा कानुनको उल्लंघन गरेको आरोप लगाएका छन् ।
बेलायतको डिजिटल, कल्चर, मिडिया र स्पोटर््स समिति साथै डाटा प्राइभेसीमाथि सोमबार जारी गरिएको उक्त रिपोर्टमा यस्तो आरोप लगाइएको छ । रिपोर्टमा फेसबुक जस्ता कम्पनीहरुलाई अनलाईन वल्र्डमा डिजिटल ग्याङस्टारकै शैलीमा व्यवहार गर्ने छुट दिन नहुने बताइएको छ ।
यस्ता कम्पनीहरु स्वयं आफूलाई कानुन भन्दा माथि ठान्ने पनि यहाँ उल्लेख छ । फेसबुक कम्पनीले जानाजान कानुन मिचेको उनीहरुको आरोप छ । साथै संसदमा यसका संचालक मार्क जुकरबर्गलाई उपस्थित हुन आग्रह गर्दा पनि नभएको विषयलाई उनीहरुले संसदको अपमान गरेको टिप्पणी गरे ।
गलत सुचना तथा गोपनीयताबारे मुद्दा पर्दा बेलायत सहित ७ वटा देशका कानुनविद्हरुले जुकरबर्गसमक्ष सोधपुछ गर्न खोज्दा उनी उपस्थित भएका छैनन् ।