कामबिहीन बनाइएका सर्वोच्चका न्यायाधीश जोशीले दिए राजीनामा

कामबिहीन बनाइएका सर्वोच्चका न्यायाधीश जोशीले दिए राजीनामा

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीमा नियुक्त भएपछि कामबिहीन बनाइएका न्यायाधीश जोशीले मंगलबार प्रधानन्यायाधीश राणासमक्ष राजीनामा पेश गरेको सर्वाेच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिएका छन् । 

गत साउनमा प्रधानन्यायाधीशका लागि सिफरिस गरिएका दीपकराज जोशीलाई संसदीय समितिले अस्वीकृत गरेको थियो ।  जोशी अस्वीकृत भएपछि प्रधानन्यायाधीशमा ओमप्रकास मिश्र नियुक्त भए ।

मिश्रको अवकासपछि। गत महिना प्रधानन्यायाधीशमा नियुक्त भएका चोलेन्द्र शमशेर राणाले दीपकराज जोशीलाई कुनै पेसी नतोकी कामबिहीन बनाएका थिए । त्यसपछि हाजिर मात्रै गर्दै आएका जोशीले मंगलबार राजिनामा दिएका हुन् । राजीनामा प्रधानन्यायाधीशमार्फत राष्ट्रपतिले स्वीकृत गरेपछि जोशी पदमुक्त हुनेछन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.