समृद्ध मुलुक बन्न नदिनेविरुद्ध सरकार कडा बन्छ : प्रधानमन्त्री

समृद्ध मुलुक बन्न नदिनेविरुद्ध सरकार कडा बन्छ : प्रधानमन्त्री

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ-आफ्नो स्थानबाट योगदान पुर्‍याउन आह्वान गरेका छन् । 

६९औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अबको यात्रा सुशासन र विकासतर्फ भएकाले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्ने बताए । 

'हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै संघीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ ।' प्रधानमन्त्री ओलीले भने 'परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ।'

यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको भन्दै प्रधानमन्त्री ओलीले स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महिनामा लगानी शिखर सम्मेलनको आयोजना गरिने जानकारी दिए । 'लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशबासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौँ।’ उनले भने

सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको  प्रधानमन्त्री दाबी गरे 'हामी हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ।'

प्रजातान्त्रिक दिवस  हक-अधिकारको स्थापनाका लागि विगतमा भएको आन्दोलनमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाको स्मरण गर्ने, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन भएको साथै विगतमा भए÷गरेका कमी कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गरी अघि बढ्ने सङ्कल्प गर्ने दिन पनि यसै दिन भएको प्रधानमन्त्री ओलीले बताए । 

'अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको, द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको, आफ्ना समस्या आफैँ हल गर्नसक्ने क्षमता प्रदर्शित भएको छ। अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढेको छ।' उनले दाबी गरे। 

लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्बित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास-निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि निन्दनीय रहेको धारणा व्यक्त गरे।  

नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन नसक्ने भन्दै उहाँले यस्ता गतिविधि गर्नेविरुद्ध सरकार कडाइका साथ प्रस्तुत भई कानूनी कारबाही गर्ने दृढता व्यक्त गरे।  

विसं २००७ फागुन ७ गते आजकै दिन निरंकुश जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झना र सम्मानमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.