ईपीजी प्रतिवेदनमा मैले टिप्पणी गर्न मिल्दैन : राजदूत आचार्य

ईपीजी प्रतिवेदनमा मैले टिप्पणी गर्न मिल्दैन : राजदूत आचार्य

नयाँ दिल्ली : भारतका लागि नेपाली  राजदूत निलाम्बर आचार्यले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदनको बारेमा आफूले टिप्पणी गर्न नमिल्ने बताएका छन्। 

दिल्ली पुगेपछि मंगलबार पहिलो पटक दूतावासमा कुराकानी गर्दै उनले यस विषयमा आफूलाई भन्दा दुई देशका संयोजकलाई बढी जानकारी रहेको उल्लेख गरे। ‘प्रतिवेदनको विषयमा मैले टिप्पणी गर्न मिल्दैन’, उनले भने, ‘यस विषयमा दुई देशका संयोजकसँग बढी जानकारी हुनुपर्छ।’

ईजीपीका पूर्वसदस्य राजदूत आचार्यले समूहले बनाएको प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी भइरहेको भने जानकारी दिए। 

राजदूत आचार्यले दुई देशको सम्बन्धलाई सुदृढ बनाउने पहल गर्ने बताए। नेपाल र भारतबीचको प्राचिनतम मित्रतालाई थप सुदृढ बनाउन आफूले पहल गर्ने उनको भनाइ छ।

‘दुई पक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएर सरकारलाई सहयोग गर्नका लागि आएको हुँ’, राजदूत आचार्यले भने, ‘दुई  देशबीचको घनिष्टतम सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउनमै केन्द्रित  रहनेछु।’ 

राजदूत आचार्यले समयमा पूरा नभएका परियोजना सम्पन्न गराउने, व्यापार घाटा कम गर्ने पहल गर्नेलगायत प्रतिवद्धता जनाए। ‘दुई पक्षीय व्यवसायिक क्रियाकलाप बढाउन तथा जनजनबीचको सम्बन्ध सुमधुर होस भन्नेमा म दृढ छु’, उनले भने। 

राजदूत आचार्यले पहिलो दिन दूतावासका कूटनीतिक अधिकारी तथा कर्मचारीसँग छलफल गरेका छन्। उनले मंगलबारै भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव सुधाकर दलेलासँग छलफल गरे। 

२०७४ असोजमा पूर्वराजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएपछि राजदूतको पद रिक्त थियो। दूतावासको कार्यभार कार्यवाहक राजदूत भरत कुमार रेग्मीले सम्हाल्दै आएका थिए। मंगलबारबाट राजदूत आचार्यले कार्यभार सम्हालेका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.