मुख्यमन्त्री भन्छन् : केही दिनमै हैटौँडा प्रदेश ३ को स्थायी राजधानी

मुख्यमन्त्री भन्छन् : केही दिनमै हैटौँडा प्रदेश ३ को स्थायी राजधानी

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी हेटौंडाबाट बाहिर नजाने बताएका छन् । हेटौंडास्थित रेडियो थाहा सञ्चारको ११ औं वार्षिकोत्सवमा मंगलबार बोल्दै उनले केही दिनमै स्थायी राजधानी टुङ्गो लाग्ने बताए । 

‘राजधानी टिकाउनकै लागि केही ढिलाइ भएको हो, केही दिनमै राजधानीको टुङ्गो लागेको समाचार यहाँहरुले पाउनुहुनेछ’, पौडेलले भने । स्थायी राजधानी एक वर्ष नतोकेर काम गर्न कुनै समस्या नभएको भन्दै उनले स्थायी राजधानी तोकिँदा हेटौंडा नै हुने बताएका हुन् । त्यसका लागि सबै पक्ष सहमत भइसकेको मुख्यमन्त्री पौडेलको दाबी छ । 

हेटौँडा स्थायी राजधानी हुने भएपछि यहाँको सडक फराकिलो बनाउन पहल थालिएको पनि बताए । ‘मुख्य बजारमा चार लेनको सडक बनाउन प्रदेश सरकारले केन्द्र सरकारलाई सिफारिस गरिसकेको छ’, पौडेलले भने, ‘यहाँको सडक दायाँ बायाँ १६÷१६ मिटर फराकिलो बनाउँछौं ।’ 

मुख्य राजमार्ग बजारबाट सञ्चालन नहुने भएकाले २५ मिटर फराकिलो सडक भने बैकल्पिक मार्गबाट निर्माण गरिनुपर्ने उनको जोड छ । ‘ठूला सहरहरु कतै पनि मुख्य राजमार्ग बजारबाट छैन, त्यसैले यहाँ १६ मिरट भए सडक पर्याप्त हुन्छ, २५ मिटर सडक मुख्य बजार बाहिरबाट सञ्चालन गर्ने व्यवस्था हामी मिलाउँछौं ।’

कार्यक्रममा शिक्षा क्षेत्रमा निरन्तर क्रियाशील हेटौँडाका तारालाल श्रेष्ठ र मूर्तिकार लक्ष्मण भुजेललाई सम्मान गरियो । कार्यक्रममा रेडियोका संरक्षक तथा सञ्चालक अजेयराज सुमार्गी र अध्यक्ष अस्मिता सुमार्गीले पनि बोलेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.