सिटी एक्सप्रेस मनी ट्रान्सफर अब युकेमा पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफर अब युकेमा पनि

काठमाडौँ : सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा बेलायत (युके) बाट पनि सुरु भएको छ । यो सेवा सुरु भएपछि अब युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका सात हजार भन्दा बढी एजेन्टमार्फत सिधै भुक्तानी लिन सकिने छ । साथै युकेबाट नेपालका कुनै पनि बैँकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेबाट भाला पे मोबाइल एप् र इन्टरनेट बैंकिङ्मार्फत कारोबार गर्न सकिने भएको छ । समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले हस्ताक्षर गरे । 

सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १२ वर्षदेखि विश्वभरी आफ्ना रेमिट एजेन्ट्मार्फत् नेपालका सात हजार भन्दा एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.