बेलहिया नाकाबाट स्रोत नखुलेको ४६ लाख बरामद

बेलहिया नाकाबाट स्रोत नखुलेको ४६ लाख बरामद

भैरहवा : नेपाल भारतको सीमानाका नजिक बेलहिया क्षेत्रबाट श्रोत नखुलेको ४६ लाख रुपैयाँ भन्दा बढी नगद बरामद भएको छ । भैरहवामा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर राजश्व तथ भन्सार सुरक्षा गस्ती (डण्डा) को टोलीले ४६ लाख बढी नेपाली र भारतीय मुद्रा बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहिया नाका नजिक चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको गाडीबाट उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी भन्सार गस्ती सुरक्षा डण्डाका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द खातीले बताए ।

उनका अनुसार भारतको सुनौली नाका हुदै नेपाल भित्रिएको युपी ५६ टी ३०७१ नम्बरको टोयोटा कार चेकजाँच गर्दा गुल्मी साविक रुपाकोट गाबिस ५ का ४५ वर्षीय चन्द्रकान्त पौडेलको साथबाट उक्त रकम बरामद भएको हो ।

खातीका अनुसार चेकजाच गर्दा गाडीको पछाडिको डिक्कीमा झोलाभित्र बिस्कुटको कार्टुनमा उक्त रकम फेला परेको थियो । जसमा नेपाली १ हजार रुपैयाँको २ हजार ९ सय ३५ थानको २९ लाख ३५ हजार, ५ सय दरका २५ सय थानको १२ लाख ५० हजार गरी ४१ लाख ८५ हजार तथा भारतीय रुपैया २ हजार दरका ४१ थान, ५ सयका ३ सय ४७ थान, २ सयका १२ थान, १ सयका २ सय ९१ थान र ५० का २ थान गरी २ लाख ८७ हजार १ सय भारतीय रुपैया (नेरु ४ लाख ५९ हजार ३ सय ६० ) गरी कुल ४६ लाख ४४ हजार ३ सय ६० रुपैया रहेको छ ।

बरामद सँगै गाडी चालक भारत महाराजगंज नौतनवाका ३३ वर्षीय सोमई धवललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका ४५ वर्षीय पौडेल मुम्बइमा रोजगारीका लागि बस्दै अएको बताइएको छ ।

पक्राउ परेका पौडेलले बरामद रकमको अन्य कामदारहरुको संकलन गरी बुझाईदिन ल्याएको प्राराभिक बयान दिएपनि कसको कति रकम र पुर्याउने ठेगाना केही बताउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही मार्फत सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको बताए ।

पौडेल स्थायी बसोबास गुल्मी भएपनि उनी रुपन्देही जिल्ला सैनामैना नपाको मुर्गीयामा बसोबास गर्दै आएका छन् । उनले उक्त रकम भारतीय सीमावर्ती बजार नौतनवाबाट ल्याएको आशंका गरिएको छ । पौडेल हुन्डीको कारोबार या अन्य कुनै अबैध आर्थिक गतिबिधीको पैसा बोकेर नेपाल ल्याएको हुन सक्ने प्रहरीको आशंका छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.