धरानमा पुष्प व्यपार मेला
सुनसरी : धरानमा प्रदेश स्तिरिय तेस्रो पुष्प व्यपार मेला सुरु भएको छ। फ्लोरीकल्चर एशोसियशनको आयोजनामा मंगलबारबाट पुष्प मेला सुरु भएको हो।
फागुन ११ गतेसम्म मेलामा ३२ वटा स्टलहरु छन्। प्रदशनीमा मौसमी, आलंकमरीक फूलहरु र अन्य विभिन्न प्रकारका फलफूलका विरुवाहरु विक्रिका लागि राखिएका छन्।
प्रर्दशनीमा राखिएका फलफूलका विरुवाको मूल्य न्यूनतम् २५ रुपैयाँदेखि ५० हजारसम्म तोकिएको मेला संयोजक प्रेमप्रसाद पराजुलीले बताए। मेलामा ४ सय प्रजातीका फलफूलका विरुवाबाट ५० लाख भन्दा बढिको कारोबार हुने उनले बताए।