भारतको सहयोगमा विद्यालय भवन निर्माण
काठमाडौं : भारत सरकारको सहयोगमा प्युठानको रातामाटमा रहेको मुक्ति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ।
शिक्षामन्त्री गिरिजराज मणी पोखरेल र काठमाडौंस्थित भारतीय दूतावासका शिक्षा विभागका दोस्रो सचिव निरज कुमारले मंगलबार विद्यालय भवन उद्घाटन गरे।
विद्यालय भवन दुई करोड ६३ लाख लागतमा निर्माण भएको भारतीय दूतावासले जनाएको छ। उच्च माध्यमिक तहसम्मको पढाइ हुने विद्यालयमा एक हजार ५४ विद्यार्थी अध्ययनरत छन्।
विद्यालयमा विज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा कक्षा १२ सम्मको पढाइ हुन्छ।