ईपीएस र डीएभी क्वार्टरफाइनलमा

ईपीएस र डीएभी क्वार्टरफाइनलमा

भक्तपुर :  काठमाडौंको ईपीएस र डीएभी स्कुल भक्तपुरमा जारी विद्यालयस्तरीय बार्‍हौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएका छन्।

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत मंगलबार जीत दर्ता गर्दै ईपीएस र डीउभी अन्तिम आठमा पुग्न सफल भएका हुन्।

ईपीएसले भक्तपुरको जनप्रेमी स्कुललाई २७ रनले हराएको हो। टस जितेर जनप्रेमीले फिल्डिङ रोजेपछि ईपीएस ब्याटिङमा ओर्लेको थियो। ईपीएसले १० ओभरमा अलआउट हुँदै ८७ रनको योगफल तयार गरेको थियो।

उसको लागि पियुष केसीले २६, अशोक पौडेलले २१ र मोहम्मद असीम सिद्धिकीले १३ रनको योगदान दिए। बलिङतर्फ जनप्रेमीका दिव्य कुँवर, राजीव कार्की र अस्मिन ढकालले समान दुईदुई विकेट लिए।

जवाफी व्याटिङमा ओर्लेको जनप्रेमी १० ओभरमा ६० रन जोड्दै अलआउट भयो। उसको लागि रोनक पराजुली एक्लैले मात्रै दुई अंकको रन जोड्न सके। बलिङतर्फ ईपीएसका पियुष केसीले दुई विकेट लिए। त्यसको लागि पाँच रनमात्रै खर्चेका पियुष उक्त स्पर्धाका म्यान अफ द म्याच घोषित हुने सफल भए। त्यस्तै अशोक पौडेल र रीतेश श्रेष्ठले एकएक विकेट झारे।

मंगलबार नै भएको अर्को खेलमा डीएभीले हर्टल्याण्ड स्कुललाई ५१ रनले हराएको छ। टस जितेर ब्याटिङ गर्न आएको डीएभीले २० ओभरमा अलआउट हुँदै एकसय ३९ रनको योगफल तयार गरेको थियो। उसको लागि रोनक गोयलले सर्वाधिक ४७ रन बनाए। चार चौका हानेका रोनक उक्त स्पर्धाको म्यान अफ द म्याच बन्न सफल भए। त्यस्तै चिराग अग्रवालले ३१ र शुभम दासले नटआउट २० रनको योगदान दिए। बलिङतर्फ हर्टल्याण्डका निखिल महर्जनले तीन, सुदीप विष्टले दुई र दिनेश गौतमले एक विकेट लिए।

जवाफी व्याटिङमा आएको हर्टल्याण्ड १८.५ ओभरमै अलआउट हुँदै ८८ रनमा समेटिएपछि नतिजा डीएभीको पोल्टामा गएको हो। हर्टल्याण्डको लागि समीर मगरले ३१ र निखिल महर्जन तथा अविरल तिमिल्सेनाले समान १८-१८ रनको योगदान दिए।

बलिङतर्फ डीएभीका शिखर बोहरा, शुभम दास र आशिष शाहले दुईदुई विकेट झारे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.