भक्तपुरमा दुईजना मृत अवस्थामा भेटिए

भक्तपुरमा दुईजना मृत अवस्थामा भेटिए

भक्तपुर : भक्तपुरका दुई भिन्न स्थानमा दुईजना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर नगरपालिका–३ डेगमना १९ वर्षाीया युवती र चाँगुनारायण नगरपालिका–३ झौखेलमा अर्का पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १९ वर्षीया अञ्जली चौगुठी आफ्नै घरको चार तलामाथि रहेको फलामको हुकमा निलो र रातो रंगको सलको पासो लगाइ झुण्डिएर मृत अवस्थामा फेला परेकी थिइन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मंगलबार बिहानै अञ्जली आफ्नै घरमा झुण्डिएर रहेको भन्ने खबर प्राप्त हुनासाथ परिसरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ ।

मंगलबार नै झौखेलस्थित सडक किनारामा अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ५ फिट ३ इन्च उचाइ, मंगोलियन अनुहार, गहुँगोरो वर्ण, कालो पाइन्ट, रातो टीर्सट, प्लाष्टिकको चप्पल लगाएका व्यक्ति मृत फेला परेका हुन् ।

स्थानीयका अनुसार मागेरै जीवन गुजारा गर्दैआएका ती व्यक्ति ‘राई दाइ’ भनी चिनिन्थे । उनको नाम–थर र वतन नखुलेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

स्थानीयले ती व्यक्ति मृत अवस्थामा रहेको भनी प्रहरीलाई जानकारी दिएका थिए । खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको परिसरले जनाएको छ । उक्त घटनाबारे पनि थप अनुसन्धान भइरहेको परिसरले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.