पोखरा म्याराथनको उपाधि नेपाल आर्मीका रिमाललाई
पोखरा : पोखरा म्याराथनको उपाधि नेपाल आर्मीका धावक हरिकुमार रिमालले जिनेका छन्। सशस्त्र प्रहरी बलका धावक खिमबादुर खत्रीलाई १० सेकेन्डले पछि पार्दै रिमालले १३ संस्करणको उपाधि चुमेका हुन्।
भूतपूर्व खेलाडी मञ्च नेपालले गरेको १३ औं संस्करणको म्याराथन रिमालले निर्धारित ४२/१९५ किलोमिटर दूरी २ घण्टा ४० मिनेट १० सेकेन्डमा पूरा गर्दै एक लाख रुपैयाँ राशीको पुरस्कार पाए। उनी गत वर्षको अन्नपूर्ण म्याराथनका विजेता समेत हुन्।
प्रतियोगितामा सशस्त्र प्रहरी बलका खिमबहादुर खत्रीले २ घण्टा ४० मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुँदै ७० हजार रुपौयाँ हात पारे। नेपाल प्रहरीका भूमिराज राईले ४१ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुँदै ५० हजार रुपैयाँ पुरस्कार पाए।
चौथो स्थानमा आएका नेपाल आर्मीका धावक पूर्ण तामाङले सान्त्वना पुरस्कार पाए। तामाङले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५५ सेकेण्डमा पुरा गरेका थिए। यसै गरी १० किलोमिटर पुरुषतर्फको दौडमा नेपाली सेनाका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी क्रमश प्रथम, दोस्रो र तृतीय भए। यसै गरी महिला तर्फको १० किलोमिटर दौडमा नेपाल प्रहरीकी राजपूरा पछाई पहिलो भइन्।
सशस्त्र प्रहरीकी बलकी वृन्दा श्रेष्ठ दोस्रो र नेपाल आमीर्क वंशी तेस्रो हुन सफल भइन्। ५ किलो मिटर दौडमा छात्रतर्फ सहिद स्मृतिका तुलबहादुर घर्तीमगर र छात्रातर्फ बेसलाइन एकेडेमीकी ललिता लामिछानेले उपाधि जितेका छन्।
विजेताहरूलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन, मुख्य प्रायोजक सुजल डेरीका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।
हेर्नुस् फोटोहरूः