डडेलधुरामा प्रधानमन्त्रीकाे ठाेकुवा : महाकालीमा तुइन विस्थापित भइसक्यो

डडेलधुरामा प्रधानमन्त्रीकाे ठाेकुवा : महाकालीमा तुइन विस्थापित भइसक्यो

डडेल्धुरा : प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदीमा रहेका तुइन विस्थापित भइसकेको ठोकुवा गरेका छन् ।

उनले महाकाली नदीमा पुलको आवस्यकता भने औंल्याएका थिए । साथै आफ्नै पहलबाट तुइन विस्थापित भएको प्रधानमन्त्रीको दावी थियो । ‘टायर, ट्युब चढेर महाकाली जस्तो नदी तरेको मैलै आखाँले हैन, तस्बिरमा देखेको थिएँ’ प्रधानमन्त्रीले भने, ‘तुइनको जोखीमपूर्ण यात्रा हटाउन मैले गत वर्ष बोलेको कुरा पूरा भइसकेको छ ।’
चमेलिया जलविद्युत् आयोजना अन्तरगत सव स्टेशनको उद्घाटन गर्न डडेलधुरा आएका प्रधानमन्त्रीले यस्तो बताएका हुन् । डडेल्धुराको स्याउलेमा निर्मित १३२/३३/११ केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् आयोजना आफू प्रधानमन्त्री भइरहँदा सुरु हुने पनि जिकिर गरे ।

उनले भनेका छन्, ‘म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती बन्छ, म प्रधानमन्त्री हुदाँहुँदै यहाँ धेरै बाटाहरु बन्छन् । गत वर्ष यहाँ सव स्टेसनको ठेक्का पास हुँदैथियो, अहिले मै आएर उद्घाटन गर्दै छु ।’

निर्मला हत्याकाण्डबारे
प्रधानमन्त्री ओलीले कन्चनपुरको निर्मला हत्या काण्डबारे पनि बोलेका थिए । निर्मला हत्याकाण्डमा संलग्नलाई सरकारले कारबाही गरेर छाड्ने उनको आश्वासन थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्यहरु राजीनामा दिएर भाग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले केही पनि कारबाहीबाट भाग्न नपाउने बताए । ‘कोही पनि कारवाहीबाट बच्न सक्दैन, छानविन हुन्छ कारवाही हुन्छ,’ उनले भने ।

निर्मला हत्याकाण्डका दोषीलाई लक्षित गर्दै उनले ढिलै भए पनि हत्यारालाई सरकारले कानुनको दायरामा ल्याइछाड्ने आश्वासन दिए । प्रधानमन्त्री ओलीले बुधबार बिहान ९ बजे सुदुरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.