डिजेल-पेट्रोलमा लेदो र पानी

डिजेल-पेट्रोलमा लेदो र पानी

वीरगन्ज : भारतबाट नेपाल आयत गरिने पेट्रोलियम पदार्थमा लेदो र पानी मिसवाट गर्ने गरिएको खुलासा भएको छ।

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोबाट  डिजेल र पेट्रोल लिएर नेपाल भित्रिएका ट्याङ्करमा मंगलबार जाँच गर्दा पेट्रोलियम पदार्थमा फोहोरको लेदो र पानी फेला परेको हो।

वीरगन्जका पेट्रोल पम्पका सञ्चालकहरूले गरेको गुनासोको आधारमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले रक्सौल डिपोबाट इन्धन बोकेर वीरगन्ज भित्रिएका चार ट्यांकरको डिजेल र पेट्रोल चेकजाँच गर्दा लेदो र पानी भेटिएको हो।

अनुगमन टोलीमा शर्माका साथै नेपाल आयल निगम, खाद्य तथा गुणस्तरका कर्मचारी र पेट्रोलियम डिलर्स एसोसिएसनका पदाधिकारीको सहभागिता थियो।

वीरगन्जस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालय अगाडि रोकर राखिएका डिजेल र पेट्रोल बोकेको टयांकरमा जेकजाँच गर्दा पानी र लेदो फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

‘अनसन्धान भइरहेको छ, सकिएपछि धेरै कुरा खुलासा हुन सक्छ’, शर्माले भने। नेपालमा प्रयोग हुने कूल इन्धनको करिब ९० प्रतिशत इन्धन वीरगन्ज नाकाबाट भित्रने उनले बताए।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोका अनुसार रक्सौलस्थित आइओसीको डिपोबाट मंगलबार अपरान्हसम्म डिजेलका २१ र पेट्रोलका १० ट्यांकर नेपाल भित्रिएका थिए।

पेट्रोलियम व्यवसायीका अनुसार डिजेल र पेट्रोल इन्धन ढुवानी गर्ने एउटा ट्यांकरमा तीनदेखि चारवटा चेम्बर हुन्छन्।

एउटा चेम्बरमा झन्डै १५ देखि २० लिटरसम्म पानी र लेदो रहने गरेको पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रीय सदस्य अनिल सिंहले बताए।

वीरगन्जका पेट्रोलपम्प सन्चालकले विगत एक साता यता रक्सौल डिपोबाट आयात गरिएका ट्यांकरहरूमा रहेको डिजेल र पेट्रोलमा लेदो र पानी फेला पर्दै आएको गुनासो गर्दै आएका थिए।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख जगदिशचन्द्र यादवले रक्सौल डिपोको ट्यांकी सफा भइरहेकाले पाइपबाट पानी र लेदो ट्यांकरुमा पुगेको हुनसक्ने बताए। तर वीरगन्जका पेट्रोलपम्प सञ्चालकहरू भने आइओसीले बदमासी गरेको आरोप लगाउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.