‘भारतसँगको सम्बन्ध बिथोल्न दिन्‍नँ’

‘भारतसँगको सम्बन्ध बिथोल्न दिन्‍नँ’

नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नयाँ दिल्ली आएर कार्यभार सम्हालेका छन्। बाह्रखम्बास्थित नेपाली दूतावासमा नवनियुक्त राजदूत आचार्यले मंगलबार पदबहाली गरेका हुन्। यस क्रममा उनले नेपाल र भारतबीचको मित्रतालाई थप सुदृढ बनाउन पहल गर्ने बताए। ‘द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएर सरकारलाई सहयोग गर्न आएको हुँ’, उनले भने, ‘म दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ र सुद्धृढ बनाउन केन्द्रित रहनेछु।’

तत्कालीन राजदूत दीपकुमार उपाध्यायले २०७४ असोजमा राजीनामा दिएपछि पद रिक्त थियो। कार्यवाहक राजदूतका रूपमा भरतकुमार रेग्मीले दूतावासको कार्यभार सम्हाल्दै आएका थिए। एक वर्ष पाँच महिनापछि राजदूत आचार्य आएका हुन्। मुख्य रूपमा समयमा पूरा नभएका परियोेजना सम्पन्न गराउने, व्यापारघाटा कम गर्न द्विपक्षीय व्यावसायिक क्रियाकलाप बढाउने उनले बताए।

‘जन–जनबीचको सम्बन्ध सुमधुर होस् भन्नेमा म दृढ छु’, उनले भने। सम्बन्ध बिथोल्ने काम हुन नदिनेतर्फ केन्द्रित रहने उनको भनाइ छ। ‘द्विपक्षीय सम्बन्धमा धक्का पुग्ने काम कतैबाट पनि हुन दिन्नँ’, उनले भने, ‘अन्य मुलुकसँग भारतको के कस्तो सम्बन्ध छ भन्ने विषयले नेपाल–भारत सम्बन्धमा प्रतिकूल प्रभाव नपरोस् भन्नेतर्फ मेरो ध्यान रहनेछ।’

भारत–पाक तनावपूर्ण सम्बन्धले गर्दा सार्कको भविष्यबारे जिज्ञासामा उनले सबैको सहकार्यमा यो अघि बढ्ने विश्वास व्यक्त गरे। यसका व्यवधान हटाउने काम सदस्य राष्ट्रहरूले गर्नुपर्ने उनले बताए। ‘जहाँसम्म सार्कको कुरा छ, यो सार्क क्षेत्रीय संगठन हो’, उनले भने, ‘यसको काम नियमित हुनुपर्छ।’

ईपीजी प्रतिवेदनबारे आफूले टिप्पणी गर्न नमिल्ने उनले बताए। उनी नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का पूर्वसदस्य हुन्। ईपीजीको प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यसपछि नेपालका प्रधानमन्त्री केपी ओलीलाई चाँडै बुझाउने उनले सुनाए। यस विषयमा दुवै तर्फका संयोजकहरूलाई बढी जानकारी रहेको उनले उल्लेख गरे।

उनले पहिलो दिन दूतावासका कूटनीतिक अधिकारी तथा स्थानीय कर्मचारीसँग छलफल गरेका थिए। उनले मंगलबारै भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव सुधाकर दलेलासँग द्विपक्षीय हितका विषयमा छलफल गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.