चर्पी निर्माणको विषयमा विवाद हुँदा एक महिला घाइते

चर्पी निर्माणको विषयमा विवाद हुँदा एक महिला घाइते

रुकुम पूर्व : जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ मा निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य घाइते भएकी छिन् । गत आइतबार बिहान ११ बजेतिर वडाअध्यक्ष जयकुमार बुढा र निर्माण उपभोक्ता समिति सदस्य जयपुरी बुढाबीच विवाद हुँदा वडाअध्यक्षले आफूमाथि  हातपात गरेको जयपुरीले आरोप लगाएकी छिन् ।

गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको वडाअध्यक्षको बताएका थिए । छलफलका क्रममा वडाअध्यक्षले एक्कासी हेल्मेटले टाउकोमा हानेर हानेको जयपूरीको आरोप छ। आक्रमणबाट टाउको र अनुहारमा चोट लागेपछि अहिले रुकुमकोटमा रहेको अस्पतालमा उपचार भइरहेको उनका दाइ लक्ष्मण बुढा मगरले जानकारी दिए।

 वडाअध्यक्ष जयकुमार बूढाले भने आफूले कसैलाई पनि आक्रमण नगरेको स्पष्टोक्ति दिएका छन् ।  प्राविधिक स्टमेटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने भएपनि त्यसो हुन नसकेकोमा आपत्ति जनाउँदा विवाद भएको उनले बताए । विवादका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफूमाथि ढुंगामुढा गरेको र आफू जोगिन खोज्दा कसैलाई धकेलिएको हुनसक्ने तर कुटपिट नगरेको उनले  दाबी गरे । 

यो विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगेको छ । पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपुर्तिको माग गरेकी छिन् । वडाअध्यक्षले उपभोक्ता समितिको मनपरीमाथि सरकारको तर्फबाट अनुगमन गर्दा उल्टै आक्रमण भएको भन्दै उक्त घटना अस्विकार गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.