‘महिन्द्रा उदय’मा एक्सयूभी ३०० र मराजो

‘महिन्द्रा उदय’मा एक्सयूभी ३०० र मराजो

काठमाडौं : नेपाली बजारमा उपलब्ध महिन्द्राका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि सोकेस गर्दै महिन्द्रा ब्रान्ड, उत्पादन, प्रविधि विकासलाई नागरिकसमक्ष पु¥याउने उद्देश्यले फागुन १० देखि १२ गतेसम्म ‘महिन्द्रा उदय’ एकल अटो प्रदर्शनी गर्न लागेको छ। उक्त मेला महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरूपमा गर्न लागेको हो।

उक्त लाइफस्टाइल एन्ड अटो सोमा महिन्द्राका चर्चित दुई नयाँ गाडी सोकेस गर्न लागेको कम्पनीले जनाएको छ। उक्त मेलामा फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयूभी र केही महिना अघिदेखि भारतीय बजारमा उपलब्ध एमपीभी मराजो प्रदर्शन गरिनेछ।

यी दुवै गाडीको नेपालमा धेरै माग भएकाले महिन्द्रा उदय मेलामा सोकेस गर्न लागेको कम्पनीले जनाएको छ।

एक्सयूभी ३००

भारतीय बजारमा सार्वजनिक हुनुअघि नै निकै चर्चामा रहेको यो कम्प्याक एसयूभी हो। महिन्द्राको नयाँ प्ल्याटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को जस्तो डिजाइन एक्सयूभी–५०० फेसलिफ्टबाट प्रभावित छ।

सुरक्षाका लागि एयरब्याग, एबीएस, चारै चक्कामा डिस्क ब्रेक, ईबीडी, ईएसपी, ट्र्याक्सन कन्ट्रोल, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, ओआरभीएममा ट्रन इन्डिकेटर, साइड एयरब्याग, ब्रेक एसिस्ट, हिल एसिस्ट, कर्नरिङ लाइट, रियर वाइपर र रेन सेन्सिङ वाइपरजस्ता फिचर दिइएको छ।

यो एसयूभीको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्विल बेस २७०० एमएम छ। यसमा बुट स्पेस ७०२ लिटर क्षमताको छ भने ग्राउन्ड क्लियरेन्स २०० एमएम छ।

यसको ड्युल टोन ड्यासबोर्ड निकै आर्कषक छ भने ड्युल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरन्जनका लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री, पार्किङ सेन्सरजस्ता फिचर छन्।

यो एसयूभी डिजेल र पेट्रोल दुवै अप्सनमा ४–४ भेरियन्टमा उपलब्ध छ। यसमा १.५ लिटर डिजेल र १.२ लिटर टर्बो इन्जिन दिइएको छ।

मराजो

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो जसमा ७÷८ जनाले आरामदायी रूपमा यात्रा गर्न सक्छन्। मराजोको डिजाइन सार्क माछाबाट प्रेरित छ। कारको केही भाग सिकारी माछाको रुपमा डिजाइन गरिएको छ।

यसको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्विलबेस २७६० एमएम छ। प्यासेन्जरका लागि धेरै सिटको व्यवस्था गरिएकाले यसमा बुट स्पेस भने १७० लिटरमात्र उपलब्ध छ।

सुरक्षाका लागि एयरब्याग, प्यासेन्जर एयरब्याग, एबीएस, एबीडी, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ, हेडल्याम्प बिम एड्जस्टर, कर्नरिङ लाइटजस्ता फिचर छन्। यसको इन्टेरियर निकै आकर्षक छ। मनोरन्जनका लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, पार्किङ सेन्सरजस्ता फिचर छन्।

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ। यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्छ। इन्जिन म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.