युरोप रोजगारीका नाममा ठगी

युरोप रोजगारीका नाममा ठगी

काठमाडौं :  सिन्धुपाल्चोक भोटेकोसीका अशोक तामाङले पोल्याण्ड जान तीन लाख रुपैयाँ तिरे। तर न पोल्याण्ड जान पाए न पैसा फिर्ता भयो। पोल्याण्ड जान ६ महिनाअघि उनले एजेन्टलाई पैसा बुझाएका हुन्। एजेन्टले आकर्षक कमाइ हुने, युरोपको पीआर पाइने, थप समय काम गरे थप पारिश्रमिक पाइने प्रलोभन देखाएका थिए।

एजेन्टले नक्कली कागजात बनाएर तामाङबाट थप पैसा असुल्न खोजिरहेका थिए। उनले पोल्याण्ड जाने ग्यारेन्टी नहुँदासम्म थप पैसा दिएनन्। ‘भिसा आइसक्यो अरु पैसा जम्मा गर भनेर एजेन्टले धम्क्याए पनि मैले दिइन’, उनले भने। एजेन्ट विनिता लामाले नक्कली कागजात बनाएर ठगी गरेको उनले सुनाए। लामा अहिले पक्राउ परिसकेकी छन्। पीडितको सक्रियतामा प्रहरीले लामालाई आइतबार पक्राउ गरेको हो।

धादिङ गंगाजमुना–५ बछेलीकी धनमाया घलेलाई सानैदेखि विदेश जाने र धेरै पैसा कमाउने इच्छा थियो। उनी पनि एकदिन साथीभाइकै सहयोगमा एजेन्ट विनिता तामाङको सम्पर्कमा पुगिन्। उनले कागजातका लागि विनिताकी नन्दमार्फत एक लाख बुझाइन्। तर उनी पोल्यान्ड जान पाइनन्।

यस्तै धादिङ साङ्कोस की विमला गुरुङलाई केही वर्षअघिदेखि युरोप मोह जागेको थियो। एजेन्टले न्यूनतम पारि श्रमिक एक लाख रुपैयाँ कमाइ हुने र थप समय काम गर्दा डेढ लाख हुने भनेपछि उनी पोल्याण्ड जान तयार भइन्। उनले पोल्याण्ड जान एजेन्टलाई एक लाख रुपैयाँ बुझाइन् तर जान पाइनन्।

रामेछापको रसनालु गाउँपालिका–३ की आङदोमा शेर्पाले पोल्याण्ड जान ६ लाख रुपैयाँ ऋण खोजिन्। उनले सुरुमा एक लाख एजेन्टलाई बुझाइन्। बाँकी पैसा जानुअघि मात्रै बुझाउने भन्दै एजेन्टले अनेक बहाना गरेर माग्दा पनि दिइनन्। सात महिनाको अवधिमा ब्याजमात्रै ७५ हजार तिर्नुपर्यो। कलेजको क्यान्टिनमा काम गर्दै आएकी शेर्पाले पोल्याण्ड जाने रहरले जागिर छाडिन्। पोल्याण्ड जान नपाएपछि हाल उनी किराना पसलमा काम गर्छिन्। तामाङ, घले, गुरुङ र शेर्पा पोल्याण्डको ठगीमा परेका प्रतिनिधि पात्र हुन्। एजेन्ट लामाले कम्पनीमा, कृषिमा, ब्युटीपार्लरमा डिमान्ड आएको र रोजगार काम गर्न पाइने प्रलोभनमा पारेकी थिइन्। उनीहरूजस्ता धेरै युवा पोल्याण्ड र पोर्चुगल जाने बहानामा ठगिएका छन्। तामाङले केही दिनअघि वैदेशिक रोजगारीमा उजुरी दिए पनि घले, गुरुङ र शेर्पाले सोमबार विभागमा पिपुल्स फोरममार्फत उजुरी दर्ता गराएका छन्।

पिपुल्स फोरमले वैदेशिक रोजगारीमा ठगिएका कामदारलाई निःशुल्क कानुनी सेवा दिँदै आएको छ। पिपुल्स फोरमअन्र्तगत सामी परियोजना संयोजक सुदिप देवकोटाले उजुरी अनुसन्धानमा ढिलाइ हुदाँ पीडित मारमा परेको बताए। जनचेतनाको कमीका कारण पीडित हुनेको संख्या बढ्दै गएको उनको भनाइ छ।

देवकोटाले चार महिनाको अवधिमा ३५ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएको जानकारी दिए। पिपुल्स फोरमले दैनिक १५ देखि २० जना पीडितलाई निःशुल्क कानुनी सहायता दिँदै आएको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७५÷७६ को ६ महिनामा ४२ करोड ४४ लाख २६ हजार रुपैयाँ विगोदाबीसहित उजुरी परेको छ। व्यक्तिगत र संस्थागत गरी नौ सय ५१ वटा उजुरी परेको छ। व्यक्तिगततर्फ तीन सय ९७ वटा उजुरीमा २२ करोड ४५ लाख ९९ हजार पाँच सय रुपैयाँ बिगोदाबी गरिएको छ। यस्तै संस्थागततर्फ पाँच सय ५४ वटा उजुरीमा १९ करोड ९८ लाख २६ हजार ७२० रुपैयाँ बिगोदाबी गरिएको छ। ६ महिनामा चार करोड ५८ लाख ३१ हजार सात सय रुपैयाँ बिगो भराइएको छ। १० करोड एक लाख ५० हजार एक सय ७१ रुपैयाँको बिगोसहित ७८ वटा उजुरीको मुद्दा अदालतमा दायर भएको छ।

वैदेशिक रोजगार विभागका निर्देशक राजेश्वर अर्यालले पछिल्लो समय पोल्याण्ड, पोर्चुगल, टर्कीलगायत युरोपियन मुलुकमा पठाउने भन्दै ठगी बढेको बताए। उजुरीको संख्या संस्थागतमा बढी देखिए पनि धेरै पैसा ठगी व्यक्तिगततर्फ भएको छ। मापदण्डभन्दा बढी शुल्क लिने, भनेको समयमा नपठाउने र भनेको काम नदिने, राहदानी राख्नेल, कम्पनी परिवर्तन गर्नेलगायत उजुरी पर्ने गरेको निर्देशक अर्यालले बताए। विभागले उजुरीको अनुसन्धान गरी दुवै पक्षबीच छलफल गराएर मिलापत्र गर्ने गरे पनि अब सीधैं वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.