डण्डीबियो प्रतियोगीताको उपाधी अमरावती माविलाई

डण्डीबियो प्रतियोगीताको उपाधी अमरावती माविलाई

धादिङ : जिल्लामा पहिलो पटक आयोजना भएको डण्डीबियो प्रतियोगिताको उपाधि अमरावती माध्यमिक विद्यालय मैदीले जितेको छ। मैदीले उपाधिसहित नगद ५० हजार प्राप्त गरेको छ। त्यस्तै दोस्रो स्थान प्राप्त गरेको नीलकण्ठ माद्यमिक विद्यालयले ३० हजार, तेस्रो हुने रानीपौवा माविले २० हजार र सात्वना भएको कुमारीदेवी माविले १० हजार रुपैयाँ र ट्रफी पायो।

प्रतियोगीता संचालन हुनुपूर्व जिल्लाका ६० वटा माध्यमिक विद्यालय र एकजना शिक्षकका लागि प्रशिक्षण समेत दिइएको थियो। प्रतियोगीतामा ४३ विद्यालय सहभागी भएका थिए। जिल्ला स्काउट कार्यालय धादिङको आयोजना तथा नेपाल डन्डीबियो संघको प्राविधिक सहयोगमा जिल्लाका माध्यमिक विद्यालयको सहभागीता रहने गरी जिल्ला स्तरीय प्रतियोगीता आयोजना गरिएको हो।

नेपालको मौलिक खेल भनेर चिनिएको र ग्रामिण क्षेत्रमा लोकप्रीय डन्डीबियो खेल विस्तारै हराउँदै गइरहेका बेला धादिङ जिल्लामा भने प्रतियोगीता नै आयोजना गरिएको हो। लोप हुन लागेको खेलको संरक्षण, सम्वद्र्धन र भावी पुस्तामा हस्तारण गर्नका लागि विद्यार्थीको सहभागीतामा प्रतियोगीता आयोजना गरिएको हो।

पछिल्लो समय चर्चित हुँदै गइरहेको फुटबल, क्रिकेटजस्ता सहरी खेलको छायामा परेर आफ्नै मौलिक खेल हराइरहेका बेला यसरी प्रतियोगीता नै आयोजना गरेर खेल्न पाउदा निकै खुसी लागेको शिक्षक विद्यार्थीले बताए। गजुरीस्थित मुनाल एकेडेमीका विद्यार्थी पुजन बाँनियाले भने, 'पहिले पहिले गाउँघरमा आफ्नै नियम बनाएर खेलिन्थ्यो, यसरी प्रतियोगीता पनि हुन्छ र सहभागी भइएला भनेर कहिल्यै सोचिएको थिएन।'

नेपालमा डन्डीबियो संघ पनि राष्ट्रिय खेलकुद परिषदमा दर्ता छ तर संघको निस्क्रियताका कारण यो खेल हराउँदै गइरहेको छ। लोप हुन लागेको खेलको संरक्षण गर्न, यो खेलप्रति आकषर्ण बढाउन र भावी पुस्तामा डन्डीबियोको लोकप्रियता दर्शाउन नेपाल स्काउट जिल्ला कार्यलय धादिङले अग्रसरता देखाएको हो।

जिल्ला स्काउट धादिङका आयुक्त विनोदमान श्रेष्ठले भने, 'शहरी खेलको छायामा परेर हाम्रा लोक खेल हराइरहेका बेला नयाँ पिढीको आकर्षण बढाउन विद्यार्थीबीच डन्डीबियो प्रतियोगीता आयोजना गरेका हौं।' विद्यार्थीलाई नै खेलाएर प्रतियोगीता सुरु गरिएको भएपनि यस खेलको मौलिकता र लोकप्रियता जोगाउनका लागि ठाउँ ठाउँमा यस्ता खाले प्रतियोगीता गरिनुपर्ने प्रतियोगतीमा सहभागी शिक्षले बताए।

डन्डीबियो प्रतियोगीतामा प्रतिस्पर्धा गर्दै विद्याथी।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.