‘फरिया’ को डिजाइन नीता
काठमाडौं : पछिल्लो समय थोरै चलचित्रमा देखिन थालेकी नायिका नीता ढुंगाना फेसन सो तथा म्युजिक भिडियोमा फर्किएकी छन्। उनी फरिया डिजाइनले आयोजना गरेको ‘इलिजेन्ट ब्राइडल फेयर’ नामक फेसन सो तथा फेयरमा आकर्षक रूपमा प्रस्तुत भइन्।
फरिया डिजाइनले काठमाडौं ठमेलस्थित छाया कम्प्लेक्समा आयोजना गरेको उक्त फेसन सोको सोस्टपर्सका रूपमा प्रस्तुत भएकी नीताले फरिया फेसनका सबै प्रकारका डिजाइन उत्कृष्ट रहेको बताइन्।
उक्त फेसन सोमा ४० जना विभिन्न उमेरसमूहका मोडलले र्याम्प नापेका थिए। कार्यक्रममा पाँच वर्षदेखि ३५ वर्ष उमेरसमूहका मोडेल सहभागी थिए। वेस्टर्न वेडिङ गाउनका विभिन्न आकर्षक स्टलले कार्यक्रममा थप रौनक दिएको थियो। कार्यक्रममा फ्री मेकअप, फुड टेस्टिङका स्टल पनि राखिएको थियो।
विवाह समारोह तथा दुलहीले प्रयोग गर्ने वेस्टर्न गाउनको नेपाली बजारमा पनि डिमान्ड रहेको र वेस्टर्न गाउन प्रेमीका लागि कार्यक्रमको आयोजना गरिएको फरिया फेसनकी निर्देशक नेहा गिरीले बताइन्। फरिया फेसन स्टोर जमलस्थित विश्वज्योति मलमा छ। सोको कोरियोग्राफी सपना राई तथा आरती प्रधानको थियो।